बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ चालक नियन्त्रणमा

मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ चालक नियन्त्रणमा

by sambridhaonline

फागुन ४ , पाेखरा – मादक पदार्थ सेवन गरी स्कुल बस चलाउने ५ चालक प्रहरीको नियन्त्रणमा परेका छन् । पोखराका विभिन्न स्थानमा चल्ने स्कुल बस चालकहरुले मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने गरेको गुनासो पछि कास्की जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय कास्कीको टोलीले सवारी साधन चेकजाँच गरेका थिए ।

सोमबार बिहान साढे ९ बजेको समयमा गरिएको चेकजाँचका क्रममा नियन्त्रणमा लिइएका चालकलाई आवश्यक कारवाही प्रक्रिया अघि बढाइएको कास्की प्रहरीका सूचना अधिकारी एवं डिएसपी हरिबहादुर बस्नेतले बताउनुभयाे । नियन्त्रणमा लिइएकाहरुमा माउन्ट हेभन बोर्डिङ स्कुलको ग १ क ३६७४ नं. को बस चालक पोखरा–१५ बस्ने ३३ वर्षका आनन्द परियार, कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग १ क १३८२ नं. को बस चालक पोखरा–५ प्रस्याङका ३७ वर्षीय गौतम गुरुङ रहेका छन् ।

यसैगरी बिन्देश्वरी बोर्डिङ स्कुलको ग १ क ६२२१ नं. को बस चालक पोखरा–१५ बस्ने ४४ वर्षीय भक्तबहादुर गुरुङ, अंजली बोर्डिङ स्कुलको ग १ क ६४०३ नं. को बस चालक पोखरा–१६ बस्ने ४८ वर्षीय डम्बर बहादुर गुरुङ र एस.ओ.एस बोर्डिङ स्कुलको ग १ क ६४३३ नं को बस चालक पोखरा–१० रामबजार बस्ने ४७ वर्षीय पदम बि.क. पनि प्रहरीको नियन्त्रणमा परेका छन ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline