बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News फेवाताल किनारका बाँकी संरचना १५ दिनभित्र हटाउन अल्टिमेटम

फेवाताल किनारका बाँकी संरचना १५ दिनभित्र हटाउन अल्टिमेटम

by sambridhaonline

चैत्र २१ , पोखरा – पोखरा महानगरपालिकाले फेवातालको मापदण्ड विपरीत निर्माण भएका बाँकी संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ । शनिबार एक विज्ञप्ति जारी गरी महानगरले भत्काउन बाँकी रहेका सबै संरचना १५ दिनभित्र हटाइसक्न आदेश दिएको हो ।

सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा महानगरको समेत सक्रियतामा प्रहरी लगाएर करिब ३० वटा अस्थायी संरचनामा डोजर लगाइएको छ ।

‘तालको सीमाङ्कन कार्य सम्पन्न भइसकेपछि पनि सर्वोच्च अदालतबाट कायम गरिएको जल सतहको उच्चतम बिन्दुबाट ६५ मिटर भित्र पर्ने क्षेत्रमा रातारात संरचनाहरू निर्माण भएको पाइएकाले महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ,’ सूचनामा भनिएको छ, ‘अटेर गरी सीमाङ्कन पश्चात् निर्माण गरिएका सम्पूर्ण अनधिकृत संरचनाहरू यो सूचना प्रकाशन भएको मितिले १५ (पन्ध्र) दिनभित्र हटाउनुहुन सम्बन्धित निर्माणकर्तालाई सूचित गरिन्छ ।’
तोकिएको समयभित्र संरचना नहटाएमा महानगरपालिकाले कानुन बमोजिम आफैँ हटाउने र सो क्रममा लाग्ने खर्चसमेत सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल उपर गरिने चेतावनी दिएको छ । ‘तोकिएको समयभित्र संरचना नहटाएमा महानगरपालिकाले कानुन बमोजिम हटाउनेछ भने, हटाउँदा लाग्ने खर्च समेत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुल उपर तथा सरकारी बाँकी सरह कारबाही हुने ब्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना गरिन्छ,’ सूचनामा उल्लेख छ ।

यसअघि पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार र नेपाल सरकारको संयुक्त पहलमा फेवातालको जल सतहको उच्चतम बिन्दु पहिचान गरी तालको सिमाङ्कनको काम सकिसकेको छ । ६५ मिटर क्षेत्रभित्र पर्ने जग्गाको वर्गीकरण, मुआब्जा पाउने वा दूषित बदर हुने कित्ता निर्क्याेल गर्ने काम अन्तिम चरणमा रहेको महानगरले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline