सोमवार, बैशाख ७, २०८३
Monday, April 20, 2026
Home Featured News शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुनसक्ने व्यवस्था भोलिदेखि लागू हुँदै

शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुनसक्ने व्यवस्था भोलिदेखि लागू हुँदै

by sambridhaonline

बैशाख ६ , पोखरा – भोलिदेखि शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुनसक्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ स्वीकृत भएसँगै नेप्सेले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।

यसअघि यस्तो सीमा १० प्रतिशत मात्र रहेको थियो । बजारलाई थप चलायमान र मूल्य निर्धारण प्रक्रियालाई यथार्थपरक बनाउन यो सीमा बढाइएको हो । नयाँ नीतिअनुसार प्रि–ओपन सेसनको मूल्य सीमा ५ प्रतिशत कायम गरिएको छ, जुन यसअघि २ प्रतिशत थियो ।

यसले बजार खुल्नेबित्तिकै हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्ने अपेक्षा छ । यसैगरी, नेप्से परिसूचकमा आधारित सर्किट ब्रेकर अब तीन तहको सट्टा दुई तहको रहनेछ । कारोबार शुरू भएको दुई घण्टाभित्र सूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोकिनेछ भने ८ प्रतिशतले घटबढ भएमा त्यो दिनको सम्पूर्ण कारोबार बन्द हुनेछ ।

यस्तै, आईपीओ प्रक्रियालाई पारदर्शी बनाउन सेबोनले नयाँ मापदण्ड वैशाख १ देखि लागू गरेको छ, जसअनुसार आवेदक कम्पनीहरूको वित्तीय अवस्थाको जाँच लेखा विशेषज्ञबाट अनिवार्य पुनरावलोकन गराइनेछ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline