बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026
Home Featured News ६ तोला सुनसहितको झोला भेट्टाएका लोकबहादुरले बुझाए सामान, प्रहरी गर्‍यो सम्मान

६ तोला सुनसहितको झोला भेट्टाएका लोकबहादुरले बुझाए सामान, प्रहरी गर्‍यो सम्मान

by sambridhaonline

बैशाख १३ , पोखरा – । स्याङ्जामा स्कुटरबाट खसेर हराएको सुनका गहना फेला पारी सम्बन्धित धनीलाई बुझाइएको छ । पुतलीबजार नगरपालिका वडा नम्बर १ बस्ने ५३ वर्षीय लोक बहादुर थापाले सडकमा भेटाएको सुनको झोला प्रहरीलाई बुझाएका हुन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले ती गहना सुरक्षित रुपमा धनी अनिता शर्मा अधिकारीलाई जिम्मा लगाएको छ । पुतलीबजार नगरपालिका वडा नम्बर १० राङखोलाकी ३२ वर्षीया अधिकारी वैशाख १३ गते स्कुटरमा स्याङ्जाबाट पोखरा जाँदै थिइन् । सोही क्रममा मजुवा भन्ने स्थानमा उनको गहना भएको झोला खसेको थियो । अधिकारीले झोला हराएको सूचना जिल्ला प्रहरी कार्यालय स्याङ्जामा दिएकी थिइन् । लगत्तै खोजी गर्ने क्रममा थापाले सोही ठाउँमा झोला फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार सो झोलामा २ तोलाको सिक्री र १ तोलाको हार थियो । यस्तै २ थान बेरुवा औंठी, पोतेसहितको सुनको माला १ थान र १ थान ‘चन्द्रमा’ पनि झोलामा सुरक्षित फेला परेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका निमित्त कार्यालय प्रमुख प्रसन्न राज चौधरीले अधिकारीलाई सबै गहना हस्तान्तरण गरे । चौधरीले इमानदार नागरिकको परिचय दिएको भन्दै थापालाई सम्मान समेत गर्नुभयो । उहाले थापाले देखाएको जिम्मेवारीपूर्ण कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो । इमानदारीको नेपाल प्रहरीले सदैव सम्मान गर्ने चौधरीले बताउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline