बुधबार, बैशाख १६, २०८३
Wednesday, April 29, 2026
Home Featured News भोलि र पर्सि कोशी र गण्डकीका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, गर्मी घट्ने

भोलि र पर्सि कोशी र गण्डकीका केही ठाउँमा ठूलो वर्षाको सम्भावना, गर्मी घट्ने

by sambridhaonline

बैशाख १४, पाेखरा – भोलि र पर्सि कोशी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी र गण्डकीका पहाडी तथा हिमाली भू–भागमा मौसम अझ बढी सक्रिय रहने सम्भावना छ ।

कोशी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा गण्डकी प्रदेशको पहाडी क्षेत्रमा एक/दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित ठूलो वर्षा हुन सक्ने महाशाखाले जनाएको छ । साथै कोशी प्रदेशका केही उच्च पहाडी क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । महाशाखाका अनुुसार तराई क्षेत्रमा लगातार बढ्दै गएको तापक्रम पनि भोलि केही घट्ने अनुमान छ ।

तराईका केही ठाउँमा आंशिकदेखि सामान्य बदली रहने र केही ठाउँमा हल्का वर्षा समेत सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका ठाउँमा आज पनि तातो दिन हुने महाशाखाले जनाएको छ । पानी परेपछि भोलि पश्चिम तराईमा पनि गर्मी कम हुने अनुमान छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै ठाउँहरुमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक/दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

वर्षासँगै चट्याङ्गको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । महाशाखाका अनुसार अहिले पश्चिमी र स्थानीय वायुका साथै पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline