शनिबार, बैशाख १९, २०८३
Saturday, May 2, 2026
Home Featured News नेष्डो नेपालको १० औ वार्षिक साधारण सभा मुस्ताङको कागबेनीमा सम्पन्न

नेष्डो नेपालको १० औ वार्षिक साधारण सभा मुस्ताङको कागबेनीमा सम्पन्न

by sambridhaonline

बैशाख १९ , पोखरा – राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालको दशौं साधारण सभा मङ्गलबार मुस्ताङको कागबेनी स्थित होटल ओल्ड अन्नपूर्णमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा नेष्डो नेपालका सञ्चालक समितिका पदाधिकारी एवं नेष्डो नेपालका सम्पूर्ण सदस्यहरूको उपस्थितिमा सम्पन्न गरिएको छ।

सभाले दशकौ देखि प्रयोग गर्दै आइरहेको सञ्चार मानवअधिकार र विकास संस्थाको मूलमन्त्र लाई यसपटकको साधारण सभा मार्फत संस्थाका संस्थापक अध्यक्ष डा प्रसाइले प्रस्तुत गर्नुभएको संस्थाको नयाँ थिम “राष्ट्रिय समृद्धिको लागि एकीकृत अभियान अध्यात्म विज्ञान र राजनीतिको संयोजन”लाई अबको एक दशकसम्म प्रयोग गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ। कार्यक्रममा आर्थिक वर्ष ८०/ ८१ को कार्य प्रगति विवरण समीक्षा नेष्डो नेपालका महासचिव प्रेमप्रसाद पौडेलले सार्वजनिक गर्नुभएको थियो । उहाँले प्रस्तुत गर्नुभएको प्रस्तावलाई उक्त साधारण सभाले बहुमतले पारित गरेको थियो। त्यस्तै आर्थिक वर्ष ८१/८२ को अन्तिम त्रैमासिक बजेट नेष्डो नेपालका कार्यवाहक उपाध्यक्ष खिममाया पाइजागिरीले प्रस्तुत गर्नुभएको थियो। गिरीले प्रस्तुत गर्नुभएको बजेट प्रस्तावलाई समेत उक्त सभाले सर्वसम्मत पारित गरेको हो। उक्त सभाले नेष्डोको नेपालका सदस्य एवं विपन्न परिवारहरू लाई ब्लड क्यान्सर लगायतका अन्य कुनै पनि प्रकारको गम्भीर रोग लागेमा संस्थाको तर्फबाट १ लाख रुपैयाँ राहत दिने लगायतका अन्य परोपकारी कामहरूका कार्यक्रम समेत सर्वसम्मतिले पारित गरेको हो । संस्थाले सञ्चालक समितिका पदाधिकारीको हेरफेरको विषयमा केही समयमै टुङ्गो लाग्ने जानकारी समेत गराएको छ।
कार्यक्रमको अध्यक्षता नेष्डो नेपालका अध्यक्ष अध्यक्ष रत्नप्रसाद अधिकारीले, स्वागत सञ्चालक समितिका सचिव जितबहादुर नेपाली र कार्यक्रमको सञ्चालन नेष्डो नेपालका आजीवन सदस्य सुष्मा प्रसाईंले गर्नुभएको थियो

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline