मङ्लबार, अशोज ६, २०८३
Tuesday, September 22, 2026
Home Featured News पृथ्वीचोकस्थित सरकारी जग्गामा बनेका संरचनामा डोजर चल्यो

पृथ्वीचोकस्थित सरकारी जग्गामा बनेका संरचनामा डोजर चल्यो

by sambridhaonline

जेष्ठ १४ , पाेखरा – पृथ्वीचोकस्थित पोखरा बसपार्कअगाडि संस्थान क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमाले निकट मजदुर संगठन र विभिन्न संस्थाले बनाएका संरचना खाली गर्ने काम थालिएको छ । सहारा क्लब, हिमाली सांस्कृतिक परिवार, सामुदायिक प्रहरी सेवाका संरचनामा डोजर चलाइएको हो ।

ट्रेड युनियन र संस्थाले पोखरा उपत्यका नगर विकास समिति मातहको जग्गामा संरचना बनाएर भाडासमेत उठाउँदै आइरहेका थिए । नेकपानिकट मजदुर संगठनले भने यसअघि नै अस्थायी संरचना भत्काएर स्थायी संरचनाको चाबी हस्तान्तरण गरेको थियो । हङकङ बजारको अगाडि आज डोजर लगाइएको संरचनाका व्यवासायीले रातिसम्ममा सामान उठाएर उक्त ठाउँ खाली गरेका थिए । यो ठाउँमा सहाराले सञ्चालन गरेको सार्वजनिक शौचालयसमेत छ । यहाँको संरचना हटाउन अन्तिम पटक ३५ दिने सूचना दिइएको थियो । त्यसको म्याद जेठ ९ गते सकिएको थियो। यहाँका संरचना हटाएर सडक चौडा गराइने मेयर धनराज आचार्यले बताउनुभएकाे छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline