शुक्रबार, साउन १५, २०८३
Friday, July 31, 2026
Home Featured News देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

देवानगञ्ज घटनाका मृतकका परिवार र सरकारबीच ७ बुँदे सहमति

by sambridhaonline

साउन १५ , पोखरा – सुनसरीको देवानगञ्जमा गएको आइतबार राति भएको घटनामा ज्यान गुमाएका दुई युवकका परिवार र सरकारबीच ७ बुँदे सहमति भएको छ । घटनास्थल पुगेका गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा मृतकका परिवारसँग सहमति भएको हो ।

सहमतिअनुसार नेपाल सरकारले मृतकद्वय ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ । साथै, दुवै परिवारलाई १०/१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराइने भएको छ ।

घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाही अघि बढाउने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिले दिने प्रतिवेदनका सुझाव र सिफारिसहरू यथाशीघ्र कार्यान्वयन गर्ने, मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त ठाउँमा स्मृति पार्क बनाउने सहमति पनि भएको छ ।

घटनामा ज्यान गुमाएकाका परिवार तथा गृह मन्त्रालयबीच गएराति सहमति भएको हो ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline