सोमवार, साउन १८, २०८३
Monday, August 3, 2026
Home Featured News गुरु पुर्णिमाको अवसरमा नेष्डो नेपालको प्राङ्गण पोखरा–१७ ड्यामसाईडमा रक्तदान कार्यक्रम सम्पन्न

गुरु पुर्णिमाको अवसरमा नेष्डो नेपालको प्राङ्गण पोखरा–१७ ड्यामसाईडमा रक्तदान कार्यक्रम सम्पन्न

by sambridhaonline

साउन १८ पाेखरा – पतन्जली योग पिठ, युवा नेपाल समिति कास्की शाखाको आयोजना, राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालको व्यवस्थापकीय सहयोग एवम् नेपाल रेडक्रस सोसाईटी कास्की शाखाको प्राविधिक सहयोगमा आईतावार पोखरा महानगरपालिका, वडा नं. १७ ड््यामसाईड स्थित नेष्डो नेपालको प्राङ्गणमा स्वइच्छिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गुरु पुर्णिमा तथा आर्युवेद दिवसको पावन अवसरमा आयोजित उक्त कार्यक्रमको लागि योग समिति कास्की तथा गण्डकी प्रदेशले समन्वयात्मक सहयोग गरेको थियो ।

कार्यक्रमको शुभाम्भ गर्दै पोखरा महानगरपालिका, वडा नं. १७ का वडा अध्यक्ष राधिका शाहीले योगले मानिसको मानसिक तथा शारिरीक स्वास्थ्यलाई सन्तुलित गर्ने भन्र्दै यसलाई जीवनको आधारशिलाको रुपमा लैजानुपर्ने वताउनु भयो । उहाँले कसैले गरेको रक्तदान, कसैको लागि जीवन दान हुने भन्दै यस्ता कार्यमा सामाजिक संघसंस्थाहरुको अहम भुमिका रहने वताउनु भयो । उहाँले वडा नं. १७ महानगर भित्रको ठूलो वडा मात्र नभई धार्मिक, अध्यात्मिक पर्यटनको दृष्टिले पनि महत्वपुर्ण रहेको भन्दै यस वडामा नेष्डो नेपाल लगायतका सामाजिक संघसंस्थाको अहम् योगदान रहेको वताउनु भयो ।

कार्यक्रममा श्रीराम भक्त जगतगुरु महायोगी सिद्धबाबाका शिश्य, नेष्डो नेपालको संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाई रेशम रामदाश रामदाशले योग स्वस्थ जीवनको लागि अति महत्वपुर्ण रहेको भन्दै हठयोग जीवनको सवै अवस्थामा संभव नहुने भएकोले हिमालयन सिद्ध महायोग साधनालाई एकिकृत गर्न सकेमा पुर्णता हुने वताउनु भयो । वैदिक साधना विना योग अपुर्ण हुने भन्दै यस जुनीको साथमा पुर्नजन्मलाई समेत महायोग साधनले लाभ दिने उहाँको भनाई थियो । धेरै दानहरु मध्ये रक्तदानलाई जीवन दानको रुपमा लिने गरिएको भन्दै यो पुण्य कार्यको लागि युवा नेपाल समितिलाई धन्यवाद व्यक्त गर्नु भयो ।

कार्यक्रममा पतन्जली योग समिति गण्डकी प्रदेशका सहप्रभारी झम्कनााथ पोखरेल, शेरा जागृती टोल विकास संस्थाका अध्यक्ष तुलसी प्रसाद पौडेल लगायतले पतन्जली योग र मानव जीवनको विविध पक्षको वारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रममा ३९ प्वईन्ट रगत संकलन गरिएको थियो ।

कार्यक्रममा आयोजक संस्था युवा नेपाल समिति कास्कीका अध्यक्ष, श्रीरामभक्त, महायोगी सिद्धबाबाको दिक्षित शिष्य सोचना मल्लले कार्यक्रमलाई अपेक्षाकृत रुपमा सफल वनाउन योगदान गर्नुहुने पोखरा महानगरपालिका, वडा नं. १७ परिवार, नेष्डो नेपाल, पतन्जली योग समिति गण्डकी प्रदेश तथा कास्की जिल्ला समितिको साथै प्राविधिक सहयोगी नेपाल रेडक्रस सोसाईटी कास्की शाखालाई विशेष धन्यवाद दिंदै समापन गर्नु भएको थियो कार्यक्रमको स्वागत सल्लाहकार जय प्रकाश थापाले र सञ्चालन सचिव सरिता हमालले गर्नु भएको थियो ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline