साउन १८ पाेखरा – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको हरित अभियानः समृद्ध किसान, फलफुल रोपौं, आत्मानिर्भर वनौं भन्ने मुल नारा अन्र्तगत संस्थाको विरौटा शाखाद्वारा आइतबार एक कार्यक्रमको विच केन्द्रमा आवद्ध महिला सदस्यहरुलाई विभिन्न जातको फलफुलको विरुवा वितरण गरिएको छ । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था नेष्डो नेपालको पोखरा–१७ ड्यामसाईड स्थित कार्यालय प्राङ्गणमा फलफुल वितरण कार्यक्रम आयोजना गरिएको हो । विरुवा वितरण पुर्व अध्यात्मा, महिला र वातवरण विषयक अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।
अनुशिक्षण कार्यक्रममा सहजीकरण गर्दै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाई रेमश रामदासले अध्यात्मा भनेको कुनै धर्म विशेष नभई म को हुँ भन्ने खोज, शरीर मन र वुद्धि भन्दा माथि आत्माको अनुभुती, सत्य प्रेम करुणा, शान्ति र इश्वरीय साक्षतकारसंग सम्वन्धित विषय हो भन्दै जुनसुकै धर्ममा विश्वास गरेपनि अध्यात्मिक चिन्तनमा समानता रहने वताउनु भयो । उहाँले हरेक व्यक्तिमा अध्यात्मिक चिन्तन, वैदिक सनातनी संस्कार र विज्ञान संवत शिक्षा जरुरी रहेको भन्दै यिनै मान्यतालाई केन्द्र विन्दुमा राखेर नेष्डो नेपालले सेवा दिंदै आएको वताउनु भयो । वैदिक संस्कार र इश्वरीय विश्वास विना मानिसले सुख शान्ति र समृद्धको अनुभुती गर्न नसक्ने वताउदै प्रसाईले हामी सवैमा आत्मिक अनुशासनको आवश्यकता रहेकोमा जोड दिनु भयो भयो । अध्यात्मिक चिन्तनतले मन भित्रको वातवरणलाई स्वच्छ वनाउँछ भने वृक्षारोपण र सरसफाईले वाह्य वातवरणलाई स्वच्छ वनाउने भन्दै शान्ति र समृद्धिको लागि हरित अभियान अगाडी वढाइएको स्पष्ट पार्नु भयो ।
संस्थाको विरौटा शाखाको शाखा प्रवन्धक लक्ष्मी गाहाको अध्यक्षता, केन्द्र प्रवन्धक नन्दा डाँगीको स्वागत एवम् शेयरधनि शुष्मा प्रसाईको सञ्चालनमा उक्त अनुशिक्षण सम्पन्न भएको थियो ।