आइतवार, अशोज ४, २०८३
Sunday, September 20, 2026
Home Featured News कांग्रेसको वडा अधिवेशन आजदेखि सुरु

कांग्रेसको वडा अधिवेशन आजदेखि सुरु

by sambridhaonline

असोज ३ , पोखरा – नेपाली कांग्रेसको वडा तहको अधिवेशनमा आजदेखि सुरु भएको छ । कांग्रेसको १५ औँ महाधिवेशन प्रक्रिया अन्तर्गत वडा अधिवेशन सुरु भएको हो । पार्टी सभापति गगन थापाले आफ्नो क्रियाशील सदस्यता रहेको वडा नम्बर ३० मा अधिवेशनको उद्घाटन गर्दै सम्बोधन गर्नुभएको छ । साथै उहाले आफ्नो मनोनयन दर्ता पनि गराउनुभएको छ । आज र भोलि देशभर हुने वडा तहको अधिवेशनमा सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई उत्साहप्रद रूपमा सहभागी हुन पार्टीले आग्रह गरेको छ।

कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयअनुसार आगामी असोज १६ देखि १९ गतेसम्म १५औँ केन्द्रीय महाधिवेशन हुँदैछ । त्यसअन्तर्गत वडा तहको निर्वाचन कार्यक्रमका लागि ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline