सोमवार, अशोज १२, २०८३
Monday, September 28, 2026
Home Featured News बाढीपछि बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि सञ्चालनमा आउने

बाढीपछि बन्द भएको कालीगण्डकी ‘ए’ आजदेखि सञ्चालनमा आउने

by sambridhaonline

असोज १२ , पोखरा – कालीगण्डकी नदीमा पानीको बहाव घटेपछि स्याङ्जाको बेल्टारीस्थित १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि नै विद्युत् उत्पादन पुनः सुरु गर्ने भएको छ । कालीगण्डकी गाउँपालिका–५ बेल्टारीमा रहेको आयोजनाले चार दिनदेखि लगातार परेको वर्षाका कारण नदीमा पानीको बहाव उच्च भएपछि विद्युत् उत्पादन बन्द गरेको थियो ।

कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार नदीमा पानीको बहाव उच्च हुँदा जोखिम नहोस् भनेर उत्पादन रोकिएको थियो । अहिले नदीको सतह घट्दै गएपछि सुरुङभित्र जमेको हिलो हटाउने र पावर हाउसको अवस्था निरीक्षण गरेर उत्पादन सुरु गर्न लागिएको उहाले बताउनुभयो।

बाढीपछिको अवस्थाबारे प्राविधिक टोलीले निरीक्षण गरिसकेकाले उत्पादन सुरु गर्न सकिने पौडेलले जानकारी दिनुभयो ।कालीगण्डकी नदीमा बाढी आएपछि आयोजनाले मिर्मीस्थित बाँधका सबै ढोका खोलेर पानी नदीमा छाडेको थियो । अविरल वर्षाका कारण स्याङ्जा, पर्वत र गुल्मी तीन जिल्लाको सङ्गमस्थल सेतीबेणी बजारसमेत डुबानमा परेको छ । बजारका २६ घरका बासिन्दालाई नजिकैको विद्यालयमा राखिएको छ । यसैगरी, आयोजनाको बाँधस्थलभन्दा केही तल स्याङ्जा र गुल्मी जोड्ने मोटरेबल पुलसमेत कालीगण्डकी नदीमा आएको बाढीले आइतबार बिहान बगाएको थियो ।

You may also like

Leave a Comment

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline