शुक्रबार, कार्तिक ७, २०८३
Friday, October 23, 2026
Home Featured News फिर्के खोलाको खोलाघर भित्र रहेका अतिक्रमित संरचना हटाउन फेरी डोजर चल्यो

फिर्के खोलाको खोलाघर भित्र रहेका अतिक्रमित संरचना हटाउन फेरी डोजर चल्यो

by sambridhaonline

असोज १६ , पोखरा – पोखरा महानगरपालिकाले फिर्के खोलाको खोलाघर भित्र रहेका अतिक्रमित संरचना हटाउन फेरी डोजर चलाएको छ । एक हप्ताअघि सात दिने सुचना जारी गरेको महानगरपालिकाले मिति सकिएलगत्तै बिहिबारबाट डोजर लगाइ खोलाघरका संरचना भत्काउन सुरु गरिएको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले व्यक्तिको संरचना भत्काउन समय दिएको र त्यो सकिएसंगै नभत्काएका संरचना महानगरपालिकाले भत्काउन सुरु गरेको बताउनुभयो । उहाका अनुसार महानगरपालिकाले केही संरचना हटाइसकेपछि सम्बन्धित घरधनी तथा संघ–संस्थाहरूले आफ्नै तर्फबाट संरचना हटाउन समय उपलब्ध गराइदिन गरेको अनुरोध पछि समयसीमा तोकी आफैं संरचना हटाउने समय दिएको थियो ।

तर, तोकिएको समयसीमा, थप गरिएको समय तथा भोटेकोशीमा आएको बाढी र बर्खालाई ख्याल गर्दै पुनः म्याद दिएको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फ जानकारी दिदैँ मेयर आचार्यले समन्वय र समझदारी गर्नका लागि आग्रह गर्नुभएको छ । गएको जेठ १० गते फिर्केमा एकैपटक ३ ठाउँबाट डोजर चलाएर अभियानको सुरुवात गरेको थियो । महानगरपालिकाको रेकर्डअनुसार फिर्केका १६० खोलाघरका संरचनामा डोजर चलाएको थियो । १६० मध्ये ५८ वटा संरचना अझै पूर्ण रुपमा भत्काउन बाँकी रहेको छ । यस्तै २९ वटा संरचना पूर्ण रुपमा घरधनी आफैँले भत्काउन सुरु गरिसकेका छन् । २२ वटा संरचनामा कुनै काम भएको छैन् । २५ वटा स्थायी र २६ वटा अस्थाई संरचना समेत हटाउन बाँकी रहेका छन् । ३३ वटा हटाइएको छ भने ५ वटा कम्पाउन्ड वाल भत्काउन बाँकी रहेको छ ।

फिर्के करिडोर निर्माणका लागि २०८० सालमा पोखरा महानगरपालिकाले बासुदेव पौडेल नेतृत्वमा ३२ दिन लगाएर फिर्केखोलाको सर्भेक्षण गरेको थियो । सर्भेक्षणका क्रममा फिर्केखोलालाई अतिक्रमण गरेर तीन मिटर ३० सेन्टिमिटरसम्म खुम्चाएको भेटिएको थियोे । यस्तै खोला अतिक्रमण गरेर व्यक्तिगत र संस्थागत गरि एक सय ६० वटा संरचना निर्माण गरेको पाइएको थियो । तीमध्ये खोलाका दायाँबायाँ व्यक्तिगत ३५ वटा स्थायी संरचना निर्माण गरिएका छन । व्यक्तिगत नै अस्थायी ९७ वटा संरचना निर्माण भएको फिर्केखोला सीमांकन टोलीले भेट्टाएको छ । संस्थागत रुपमा भने १८ वटा स्थायी र १० वटा अस्थायी संरचना निर्माण भएका छन् । पोखरा–१८, सराङकोटको फेदी अँधेरीकुनाबाट सुरु भएको फिर्केखोला प्रस्याङ, सिद्धार्थचोक, मालेपाटन, मासबार, बैदाम हुँदै फेवातालमा मिसिन्छ । खोलाले महानगरका वडा नम्बर–१८, २, ४, ५, ६, ७ र ८ लाई छुन्छ । आठ किलोमिटर लामो खोला चारदेखि ३४ मिटरसम्म चौडाइमा फैलिएको छ । मुहानदेखि सात किलोमिटर अघि बढेपछि मालपोत कार्यालयभन्दा केहीमाथि गैरीखेतमा बुलौँदी खोला मिसिन्छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline