शनिबार, कार्तिक ८, २०८३
Saturday, October 24, 2026
Home Featured News पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

पोखरामा स्कुल बस दुर्घटना : मृत्यु हुनेको संख्या ५ पुग्यो

by sambridhaonline

असोज २३ , पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुगेको छ । यसअघि ३ जनाको मृत्यु भएको चिकित्सकले घोषणा गरेकोमा थप २ जना बालिकाको मृत्यु भएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिनुभयो । उहाका अनुसार, अरूको उपचार भइरहेको छ । मृत्यु भैसकेकाहरुको पनि पहिचान भैसकेको छैन । उद्धार सकिएपछि मात्रै पहिचानको काममा लाग्ने उहाले बताउनुभयो । पोखरा २८ माझठानाबाट कालिका आउँदै गरेको स्कुल बस दुर्घटना भएको हो । दुर्घटनाग्रस्त बसमा २५ जना रहेको बताइएको छ । तीमध्ये २१ जना विद्यार्थी हुन् । उनीहरू परीक्षाको तयारीका लागि ट्युसन पढ्न जाँदै थिए । सबैजना १० कक्षाका विद्यार्थी रहेको प्रहरीले जनाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline