शुक्रबार, कार्तिक ७, २०८३
Friday, October 23, 2026
Home Featured News गोरखाको चुमनुब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका

गोरखाको चुमनुब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका

by sambridhaonline

असोज २५ , पोखरा – गोर्खाको चुमनुब्री गाउँपालिका ६ मा आकस्मिक बाढी आएको छ । गोरखाका प्रमुख जिल्ला अधिकारी धरेन्द्र कुमार मिश्रले आज बिहान चार बजेर ३५ मिनेटमा ठूलो बाढी आएको खबर पाएको बताउनुभयो। उहाका अनुसार बाढीले मानवीय क्षति पुर्‍याएको जानकारी छैन । अवस्था बुझ्न नेपाली सेनाको हेलिकप्टर परिचालन गर्ने तयारी भइरहेको उहाले बताउनुभयो ।

चुमनुब्री गाउँपालिका ६ चुम्केको खोलामा पहिरो खसेर थुनिएको र पछि बाढी आएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो । बाढीले तल्लो तटीय क्षेत्रमा पर्ने सल्लेरी र जगत बजार जोखिममा रहेको स्थानीयले बताएका छन् । जोखिमका कारण कतिपय विस्थापित भएका छन् । बाढी पूर्वानुमान महाशाखाले आकस्मिक बाढी आएकाले सतर्कता अपनाउन भन्दै एसएमएस पठाएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline