शुक्रबार, कार्तिक ७, २०८३
Friday, October 23, 2026
Home Featured News सुनकोशीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो : तीन जनाको खोजी चल्दै

सुनकोशीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो : तीन जनाको खोजी चल्दै

by sambridhaonline

कार्तिक १,पोखरा – काठमाण्डौबाट खोटाङका लागि छुटेको जीप गएराति सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानमा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । गएराति साढे २ बजेतिर को १ ज २९७६ नम्बरको जीप सुनकोशी नदीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीकाअनुसार जीपमा रहेकामध्ये तीन जना महिलाको ज्यान गएको छ । ज्यान गुमाउनेहरूको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी डीएसपी विजय श्रेष्ठले जानकारी दिनुभयो ।

अरू तीन जनाको अवस्था थाहा हुन सकेको छैन । उनीहरूको खोजी भइरहेको छ । दुर्घटनामा चालक आशिष विष्टसहित ४ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ओखलढुङ्गाका चालक विष्ट, खोटाङकी सम्झना राई, उहाँकी छोरी सिवानी राई, र अर्का १३ वर्षीय अंकित विक रहेका छन् । घाइतेहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline