शनिबार, कार्तिक ८, २०८३
Saturday, October 24, 2026
Home Featured News चिनकाे तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प, १६ जनाको ज्यान गयो

चिनकाे तिब्बतमा ७ म्याग्निच्यूडको भूकम्प, १६ जनाको ज्यान गयो

by sambridhaonline

कार्तिक ६, पाेखरा – चीनको तिब्बत क्षेत्रमा ७ म्याग्निच्यूडको भूकम्प गएको छ । सिजाङ स्वायत्त क्षेत्रमा ठूलो भूकम्प जाँदा अहिलेसम्म कम्तीमा १६ जनाको ज्यान गएको छ । प्रारम्भिक विवरण अनुसार भूकम्पबाट ३० जनाभन्दा धेरै घाइते भएका र ३०० भन्दा धेरै घर तथा संरचना भत्किएका आपत्कालीन व्यवस्थापन ब्यूरोलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको ।

सिजाङ क्षेत्रको नाग्छु शहरको बाकेन काउन्टीमा गएराति १० बजेर ३३ मिनेटमा भूकम्प गएको नगरको आपत्कालीन व्यवस्थापन ब्यूरोले उल्लेख गरेको छ । भूकम्पबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको छ । प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य चलिरहेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline