शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
Home Featured News पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु/कुहिरो, भोलिदेखि धान काट्न र भित्र्याउन सकिने

पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु/कुहिरो, भोलिदेखि धान काट्न र भित्र्याउन सकिने

by sambridhaonline

कार्तिक १५, पोखरा – आज बिहान तराई क्षेत्र विशेष गरी पश्चिम र मध्य तराईमा बाक्लो हुस्सु/कुहिरो लागेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार आज बिहान बाँकेको नेपालगन्ज, दाङको घोराही, रुपन्देहीको भैरहवा र आसपासका क्षेत्रमा हुस्सु/कुहिरो लागेको छ । काठमाण्डौ उपत्यका तथा बाराको सिमरा र आसपासका क्षेत्रमा पनि हुस्सु/कुहिरो फैलिएको छ ।

बिहानको हुस्सु/कुहिरो घाम लागेसँगै दिउँसोपछि हट्दै जाने मौसमविद्ले बताएका छन् । साथै पहाडी र हिमाली धेरै ठाउँमा आज बिहानैदेखि घाम लागेको छ । हिजो बेलुकादेखि ‘अर्नब’ चक्रवातको प्रभाव हटेसँगै मौसममा क्रमिक सुधार हुन थालेको हो ।
गएराति मकवानपुरको रजैया मौसम मापन केन्द्रमा सबै भन्दा धेरै १०.२ मिलिमिटर पानी परेको छ । अरु थोरै ठाउँमा हल्का पानी परेको छ । बङ्गालको खाडीमा विकसित ‘अनर्ब’ चक्रवातको प्रभावले बिहीबारदेखि निरन्तर वर्षा र हिमपात भएको थियो । यो अवधिमा धानबाली काट्ने, भित्र्याउने, पदयात्रा तथा अन्य गतिविधि प्रभावित भएका थिए ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीकाअनुसार मौसम सुधार भएसँगै भोलि सोमबारदेखि धानबाली काट्ने, भित्र्याउनेलगायतका अन्य गतिविधि गर्न सकिनेछ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बादल लाग्ने छ भने हिमाली र पहाडी एक/दुई ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ । पानी पर्न रोकिएसँगै मौसममा सुधार आए पनि काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा चिसो बढेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline