शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
Home Featured News आज बेलुका घरघरमा लक्ष्मीको पूजा आराधना गरिँदै

आज बेलुका घरघरमा लक्ष्मीको पूजा आराधना गरिँदै

by sambridhaonline

कार्तिक २२, पाेखरा – तिहारको तेस्रो दिन आज बेलुका घरघरमा लक्ष्मीको पूजा आराधना गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिकाअनुसार कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन बिहान पर्न गएको छ । त्यसअनुसार आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।

बेलुका अर्थात् सन्ध्याकालमा घरआँगन झिलीमिली बनाएर धनधान्यकी देवी लक्ष्मीको स्वागत तथा आराधना गरिन्छ । कात्तिक कृष्ण औँसीको रातलाई ‘सुखरात्रि’ पनि भनिन्छ ।
सफासुग्घर घरमा मात्र लक्ष्मीको बास हुने विश्वास रहेकाले बिहानैदेखि घरका झ्याल, ढोका, सङ्घार, कोठा र कौसी सफा गरी फूलमालाले सजाइन्छ । बेलुका आँगनदेखि पूजा कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरी चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाइन्छ । पाइलैपिच्छे केराको सुत्लो वा माटाको पालामा बत्ती बालेर घरलाई झिलीमिली बनाइन्छ । दिनभर उपवास बसेर सन्ध्याकालमा स्नान गरी धनलक्ष्मी, विद्यालक्ष्मी, ऐश्वर्यलक्ष्मीलगायतको आराधना गरिन्छ ।

सूर्यास्तपछि बेलुका ६ बजेर ५२ मिनेटसम्मको समय लक्ष्मीपूजाका लागि शुभबेला मानिएको छ । लक्ष्मीपूजाका लागि कलश, धूप, दीप, फूल, अक्षता, फलफूल, मिठाई, धान, सिक्का, नयाँ नोट, तस्बिर, पान, सुपारी तथा रङ्गोलीका रङहरू प्रयोग गरिन्छ । पूजामा विशेषगरी दियो बाल्ने गरिन्छ । दियो, कलश र गणेशको पूजा गरिसकेपछि लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मीको पूजा गरी आरती, दीपदान र मन्त्र उच्चारण गरिन्छ । त्यसपछि परिवारका सबै सदस्यले फलफूल र मिठाई प्रसादको रुपमा ग्रहण गर्ने चलन छ । आज राति भैलो खेल्ने परम्परा रहेको छ । भोलि गाईपूजा, पर्सि २४ गते गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । २४ गतेदेखि नेपाल संवत् ११४७ पनि शुरु हुनेछ । यमपञ्चकको अन्तिम दिन अर्थात् २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline