शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
Home Featured News पहाडी र हिमाली भेगमा हल्का वर्षा, केही ठाउँमा असिना र हिमपातको सम्भावना

पहाडी र हिमाली भेगमा हल्का वर्षा, केही ठाउँमा असिना र हिमपातको सम्भावना

by sambridhaonline

कार्तिक २९, पाेखरा – पहाडी र हिमाली भेगका केही ठाउँमा बिहानैदेखि हल्का पानी पर्न थालेको छ । आज केही ठाउँमा असिनासहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम किसिमको वर्षा र हिमपात हुन सक्छ । कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भेगको एक–दुई ठाउँमा पनि हल्का वर्षा र हिमपातको सम्भावना छ ।

तराईका धेरैजसो ठाउँमा भने वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । भोलि र पर्सि आजजस्तो वर्षा नहुने तर पहाडी र हिमाली भेगका एक–दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार बुधवार भने मौसम मुख्यतया सफा रहनेछ । आज केही ठाउँमा मध्यमसम्मको वर्षा हुन सक्ने भएकाले धानबालीमा ध्यान दिन मौसमविद्को आग्रह छ । यसैबीच बंगालको खाडीमा विकसित भएको न्यूनचापीय क्षेत्र भोलि बेलुकासम्म चक्रवात आँधीमा परिणत हुन सक्ने भए पनि नेपालमा यसको खासै असर नपर्ने देखिएको महाशाखाले जनाएको छ ।

यसअघि आएका यस्तै किसिमका चक्रवातहरूको प्रभाव नेपालमा पनि देखिने गरेको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline