शनिबार, मंसिर १३, २०८३
Saturday, November 28, 2026
Home Featured News सराङकोटको सुधार गृहबाट भागेका बालबन्दी लेकसाइडबाट पक्राउ

सराङकोटको सुधार गृहबाट भागेका बालबन्दी लेकसाइडबाट पक्राउ

by sambridhaonline

कार्तिक ३०, पोखरा – पोखरा–१८ सराङकोटस्थित सुधार गृहबाट भागेका एक जना बालबन्दी राति चोरी गर्ने तयारी गरिरहेका बेला हम्मरसहित पक्राउ परेका छन् । पोखरा लेकसाइडस्थित स्ट्रिट नम्बर १९ मा चोरी गर्ने तयारी गरिरहेका बेला उनलाई राति १ बजे पक्राउ गरिएको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले जानकारी दिनुभयो ।सराङकोटस्थित बालसुधार गृहबाट सुरक्षाकर्मीकै आँखा अगाडि पर्खाल नाघेर भागेका १८ वर्षीय थापा थरका बालबन्दीको खोजी गर्ने क्रममा राजमार्गहरूमा बेरिकेड राखेर चेकजाँच गरिएको थियो भने कुकुरसहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

यसअघि पनि यी बालबन्दी उपचारका लागि अस्पताल लैजाने क्रममा फरार भएका थिए । बिरामी परेको भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएका बेला प्रहरीलाई नै छक्याएर उनी भाग्न सफल भएका थिए । २०८२ पुस २४ गतेदेखि फरार भएका उनी २०८३ जेठ ४ गते इटहरीबाट पक्राउ परेका थिए । उनलाई पक्राउ गरी पुनः सराङकोटस्थित बालसुधार गृहमा लगिएको थियो । उनै बालबन्दी आइतबार फेरि भाग्न सफल भएका थिए । तर, प्रहरीले उनलाई १८ घण्टामै पक्राउ गरी कारागार ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरेको छ ।

पाँचथरका यी बालबन्दी चोरी मुद्दामा परेका थिए । पाँचथरमा पनि चोरी गरेपछि उनी पोखरा आइपुगेका थिए । पोखराको एउटा होटलमा काम गर्ने क्रममा उनले फेरि चोरी गरेका थिए । चोरीको आरोपमा पक्राउ परेपछि उनलाई बालसुधार गृह पठाइएको थियो । उनीमाथि चोरीसम्बन्धी दुईवटा मुद्दा छन् । बालसुधार गृहमा प्रहरी पोसाक लगाएर बस्न पाइँदैन । प्रहरीलाई हतियार बोक्ने अधिकारसमेत हुँदैन भने त्यहाँ प्रहरीको दरबन्दी पनि छैन । अहिले जिल्ला प्रहरी कार्यालयले आफ्नै जनशक्तिबाट त्यहाँको सुरक्षा व्यवस्थापन गर्दै आएको छ । जसका कारण कतिपय अवस्थामा सुरक्षामा कठिनाइ भइरहेको प्रहरीको भनाइ छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline