बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home समाचार संसदीय समितिले सरकारलाई भन्यो : हैजाप्रति गम्भीर बन्नू

संसदीय समितिले सरकारलाई भन्यो : हैजाप्रति गम्भीर बन्नू

by sambridhaonline

१३ असार, काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हैजाबारे गम्भीर बन्न सरकारलाई आग्रह गरेको छ ।

सोमबार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रतिनिधिहरुसँग छलफल गरेपछि समितिले सरकारलाई गम्भीर बन्न आग्रह गरेको हो ।

समिति सभापति जयपुरी घर्तीले निर्णय सुनाउँदै भनिन्, ‘बर्षा सिजनमा पहिले पनि यस्तै (हैजा, झाडापखाला) बढेका थिए । अहिले पनि बढ्न सक्ने खतरा छ । त्यसकारण यो विषयलाई सिरियसली लिन आग्रह गर्ने ।’

समितिमा औषधिको मूल्यवृद्धिका विषयमा पनि छलफल भएको थियो । समितिले गुणस्तरहीन औषधि खरिद नगर्न, उचित मूल्य समायोजन गर्न र म्याद गुज्रेका औषधि खरिद नगर्न सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।

नेपालमै औषधि उत्पादनमा प्रोत्साहन गर्नुपर्ने सांसदहरुको सुझावलाई पनि समितिले निर्णयमा समेटेको छ । ‘विदेशबाट भन्दा देशमा उत्पादन भएको औषधिहरु खरिद गर्नमा विशेष ध्यान दिने’ समितिको निर्णयमा भनिएको छ ।

समिति सदस्य नविना लामाले ब्राण्डको नाममा गुणस्तरहीन औषधिको प्रयोग भइरहेको भन्दै सरकारको आलोचना गरेकी थिइन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline