बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home अन्तराष्ट्रिय अहिले दैनिक १० करोडको बिजुली भारतमा बेचिरहेका छौं : ऊर्जामन्त्री

अहिले दैनिक १० करोडको बिजुली भारतमा बेचिरहेका छौं : ऊर्जामन्त्री

'आगामी पाँच वर्षपछि हरेक वर्ष ७० अर्ब रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सकिन्छ'

by sambridhaonline

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालले अहिले दैनिक १० देखि १२ करोड रुपैयाँ बराबरको बिजुली भारतमा बेचिरहेको जानकारी गराएकी छन् । सरकारको तर्फबाट सङ्घीय संसदमा पेश भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा मन्त्रालयसँग सम्बन्धित विषयमा राष्ट्रियसभा सदस्यहरूको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् ।

वर्षायाममा बढी भएको ३६४ मेगावाटसम्मको विद्युत् भारतीय प्रतिस्पर्धी बजारमा बिक्री भइरहेको उनले बताइन् । सुख्खायाममा भने भारतबाट बिजुली आयात गर्नुपर्ने अवस्था अझै रहेको उनले स्पष्ट पारिन् । मन्त्री भुसालले भनिन् ‘गत सुख्खायाममा देशको आन्तरिक माग धान्न भारतबाट आयात भएको विद्युतको औसत मूल्य ९ रुपैयाँ ७ पैसा प्रति युनिट रहेको छ भने यो वर्षातमा अहिलेसम्मको निर्यातको औसत दर ११ रुपैयाँ ३८ पैसा प्रति युनिट रहेको छ । आगामी आर्थिक वर्ष वर्षायाममा बढी हुने करिब १५ देखि २० अर्ब नेपाली रुपैयाँ बराबरको विद्युत् निर्यात गर्न सकिनेछ भने आगामी पाँच वर्षपछि हरेक वर्ष ७० अर्ब नेपाली रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गर्न सकिने सम्भावना छ ।’

उनका अनुसार आगामी आर्थिक वर्षदेखि हरेक वर्ष करिव ७ सयदेखि १ हजार मेगावाट विद्युत प्रणालीमा थपिँदै जानेछ । आउँदो दुई वर्षपछिका सुख्खायाममा समेत नेपालको विद्युतले नै आन्तरिक माग धान्ने तर वर्षायाममा भने उत्पादनको करिव ५० प्रतिशत विद्युत् बढी हुने उनले बताइन् । विद्युतको आन्तरिक खपत बढाएरै देश समृद्ध हुने कुरामा दुई मत नरहेकाे भन्दै उनले सरकारले विद्युत् खपत कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको दाबी गरिन् । यस वर्ष आन्तरिक विद्युतको खपत करिब २० प्रतिशतले बढेको उनले बताइन् । ‘हाल प्रतिव्यक्ति वार्षिक विद्युत् खपत ३ सय ३० युनिट रहेकोमा आगामी वर्ष उल्लेख्य मात्रामा वृद्धि गरिनेछ’ भुसालले भनिन् ।

आगामी दुई वर्षभित्र सबै नेपालीमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुग्ने बताइन् । आफूले मन्त्रालय सम्हालेपछि मासिक २० युनिटसम्म विद्युत् खपत गर्ने विपन्न नागरिकलाई नि:शुल्क विद्युत् सेवा दिने र मिटर जडान गर्ने व्यवस्था मिलाएको बताउँदै उनले यसबाट देशभरका झन्डै ५२ लाख ग्राहकमध्ये २६ लाख लाभान्वित भएको बताइन् । मन्त्री भुसालले सिँचाइमा प्रयोग हुने विद्युतमा ७५ प्रतिशतसम्म सहुलियत दिने गरी प्रति युनिट २ रुपैयाँसम्म महसुल कायम गरिएको बताइन् । उनले भनिन् ‘खानेपानीतर्फ इनर्जी शुल्क करिब ५० प्रतिशतले घटाइएको छ । अधिकांश वस्तु तथा सेवाको मूल्य वृद्धि भइरहेको अवस्थामा विद्युत् क्षेत्रमा विगत २ वर्षमा २ पटक गरी २० प्रतिशतले महसुल घटाइएको निवेदन गर्दछु । विद्युत् महसुलमा दिइएको छुट गत मङ्सिर १ गतेदेखि नै कार्यान्वयनमा आइसकेको छ ।’

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline