सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
Home राजनीति गाई स्याहार्दैगर्दा नगरको नेतृत्वमा पुगेकी एक महिला

गाई स्याहार्दैगर्दा नगरको नेतृत्वमा पुगेकी एक महिला

‘किसानलाई स्वावलम्भी र कृषिबाटै नगरको विकास सम्भव छ’

by sambridhaonline

अहिले पनि उनको गोठमा १५ वटा दुधालु गाई छन् । दैनिक करिव सय लिटर दुध पोखरासम्म पुग्छ । फलेवास नगरपालिकाको उपप्रमुखमा बिजेता शोभा क्षेत्रीलाई अहिले पनि सा“झबिहान गाइको स्याहार गर्ने र समयमै दुध दुहेर बजार पठाउने समयतालिका मिलाउनुपर्ने बाध्यता छ ।
फलेवास–१० कुर्घाकी शोभा क्षेत्री हालै सम्पन्न स्थानीय तह निर्वाचनमा फलेवासको उपप्रमुखमा बिजयी भइन् । गठबन्धनको तर्फबाट माओबादी केन्द्रबाट टिकट पाएर निर्वाचनको मैदानमा होमिएकी क्षेत्रीले संस्थापक उपमेयर एवं एमालेकी प्रभावशाली उम्मेदवार मञ्जु अधिकारीलाई पराजित गर्न सफल भएकी हुन् । उनै शोभा हुन्, जसले अघिल्लो स्थानीय तहको निर्वाचनमा अधिकारीसंगै चुनाव लड्दा ६९६ मत ल्याएकी थिइन् । उतिबेला अधिकारीले ५९५४ मत ल्याएकि थिइन् । अघिल्लो निर्वाचनमा अधिकारीसंग ५२५८ मतले पराजित क्षेत्री अहिले उनै अधिकारीसंग चुनाव लड्दा ६३२७ मत ल्याएर बिजयी भइन् । अधिकारीले ६०५७ मत ल्याइन् ।

चुनाव जितेर नगरको नेतृत्वमा पुग्दासम्म पनि उनको परिचय नगर उपप्रमुख भन्दा धेरै व्यवसायिक किसानसंग बढी छ । किनकि उनलाई यहा“सम्म ल्याउनका लागि करिव डेढ दशक लामो कृषि पेसाको साइनो छ । लामो संघर्षको कथा । अनि सोहि कथाका क्रममा जोडिएका र चिरपरिचित मतदाताको मतदान । त्यसैले त उनले आफ्नो कार्यकालभरि नगरका बिपन्न र सम्पन्न सबै किसानलाई व्यवसायिक बनाएरै छोड्ने अठोट र संकल्पका साथ नगरपालिकाको उपप्रमुखको कुर्चिमा बसेकि छिन् ।
‘चुनाव जितेपछि धेरै कृषकहरूले फोन गर्नुभएको छ । कोहीले भेटेरै पनि कृषिका मुद्दाबारे बेलिबिस्तार गर्नुहुन्छ’, क्षेत्रीले भनिन्, ‘म दिउँसो नगरमा भए पनि साँझबिहान गाइगोठ र खेतबारीमै हुन्छु । मैले भोग्ने दैनिक समस्या नगरबासीका साझा समस्या हुन् ।’ गाइको गोबर सोहोर्नेदेखि समयमै बजारसम्म दुध पु¥याउने उनको दैनिकी हो ।
क्षेत्रीको व्यवसायिक यात्रा २०६५ को अन्त्यबाट शुरु हुन्छ । पर्वतको दक्षिण भेग चल्ने सवारीको यात्रामा आउजाउ गर्ने सवारीको रुट चिर्दीखोला हुँदै पर्ने भएकोले आफ्नो जग्गामा होटल व्यवसाय शुरु गरेकी थिइन् । किराना पसलसंगै शुरु गरेको होटलमा आउने यात्रुहरुले सांझबिहान स्थानीय दुधको माग गर्न थालेपछि श्रीमानश्रीमती मिलेर गाइपालन पनि शुरु गरे । २०७० सालमा चिर्दीमै व्यावसायिक रूपमा दूध उत्पादन गर्ने सोच बनाए । गाउँका सबै मिलेर चिसापानी दुग्ध सहकारी दर्ता गरेपछि शोभा उक्त सहकारीको संस्थापक सचिव बनिन् । स्थापनाकालमा २० जना शेयर सदस्यबाट पाँच हजारका दरले शेयर लगानी शुरु गरेर दूधलाई व्यावसायिक रूपमा बजार पठाउन सुरु गरे । सहकारीमा आबद्ध सबैले गाई किने । उत्पादनलाई बढाउँदै लैजाने निधो गरेपछि उनी चितवन पुगेर ८० हजार रुपैयाँका दरले तीन ओटा गाई किनेर ल्याएर व्यवसायिक गाइपालन शुरु गरेको अनुभव उनिसंग ताजै छ ।
किसानले उत्पादन गरेको दूध शोभाकै घरमा जम्मा पारेर सदरमुकाम कुश्मा लैजान शुरु भयो । हिउँदमा सवारी चल्दा गाडीमा दूध पठाएपछि बर्खामा समस्या पर्न थाल्यो । वर्षातका करिव ६ महिनासम्म कच्चि सडक पहिरोले अवरुद्ध भएपछि कैयौं दिन किसानले दुध बाटोमै पोखे । कतिपय दिन किसानले पिठ्यूंमा दुधका क्यान तीन घण्टासम्म बोकेर कुश्मा पु¥याए ।

दूध उत्पादनलाई व्यावसायिक बिस्तार र लगानी बृद्धी गर्दैजाँदा शोभाको गोठमा अहिले १५ ओटा गाई छन् । दैनिक झन्डै एक सय लिटर दूध पोखरासम्म निर्यात गर्छिन् । उनको बाहेक अरु किसानको समेतगरि दैनिक करिव १५ सय लिटर दुध पोखरा पठाउनेगरेको शोभा बताउँछिन् । ‘दुध बजार पठाउन गरेको संघर्ष सम्झिसाध्य छैन,’ उनले विगत सम्झिइन्, ‘अहिले सडक पिच छ । सबै गाउ“को उत्पादन बजार पु¥याउन सहज छ । किसानलाई स्वाबलम्बी र कृषिमा आत्मनिर्भर नबनाए हाम्रोजस्तो नगर सम्पन्न हु“दैन ।’ दुध उत्पादन गर्नसके बजारको समस्या छैन ।’ उनले आगामी ५ वर्षभित्र सबै वडाका टोलटोलसम्म बाह्रैमहिना सडक सहज बनाएर हरेक किसानलाई व्यवसायिक बनाउने अठोट छ ।
गाईपालनसंगै शोभाले कृषि व्यवसाय तथा पशुपालन फर्म दर्ता गरेर टनेलभित्र का“क्रा, टमाटर उत्पादन गर्दैआएकि छिन् । गाउ“ छोडेकाहरुबाट खेत भाडामा लिएर उनले जेठो बूढो धानको बिउ उत्पादन गरेर बिक्रि समेत गर्दैआएकि छिन् । त्यति मात्रै होइन, उनले सहकारीमार्फत खसीबोका र तरकारी पोखरासम्म थोकमा बिक्रि गर्दैआएकि छिन् । हराभरा सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष रहेकी उनले निर्वाचनमा मनोनयन दर्ता गरेपछि भने उक्त सहकारीबाट राजिनामा दिएकी छिन् । छ सय ३६ जना महिला शेयर सदस्य रहेको सहकारीको अध्यक्ष रहेकी उनले यसबाट राजीनामा गरेर निर्वाचनमा होमिएकी हुन् ।


क्षेत्रीले चुनावी प्रचारका क्रममा समेत कुनै दिन गाइगोठमा काम गर्न छोडिनन् । अहिले पनि घरमा हु“दा हरेक दिन गाइ स्याहार्ने र घाँस काट्ने काममा व्यस्त हुन्छिन् । फलेवासको उपप्रमुख निर्वाचित भइसकेपछि पहिला भन्दा दैनिकी फेरिएको छ । हरेक बिहान ५ बजे उठ्छिन् । १५ मध्ये ७ गाई दुधालु छन् । ति सबै गाइ दुहुने, गोबर सोहोर्ने काम शोभाले नै गर्छिन् । अरु किसानको र आफ्नो फर्मको दुध एकैठाउँमा जम्मा पारेर गाडीमा राखेर पोखरा पठाउने काम श्रीमानले गर्छन् । ९ बजेभित्र गाइगोठको काम सकेर खाना पकाएर खाएर पनि नगरपालिका पुग्न तयार हुन्छिन् । दिनभर नगरको काम सकेपछि शोभा साँझ ६ बजेतिर पालिकाबाट निस्किन्छिन् । साँझको समय किसानसंगको भेटघाट हुन्छ । व्यवसायोन्मुख किसानलाई आफुजस्तै व्यवसायिक बनाउने र किसानका समस्या संकलन गर्दा कहिलेकांहि रातको १० सम्म बज्नेगरेको उनले बताइन् । घरमा पुगेर आफै खाना बनाउने उनको जिम्मेवारी छ । ‘हरेक दिन गोबर सफा गर्ने गाई दुहुने बिहानमा भ्याएसम्म घाँस काट्ने गरेकै हुँ । अब पनि साँझबिहान मेरो दैनिकी यही हो,’ उनले भनिन् ‘निर्वाचित भएपछि घाँस काट्न भ्याएकी छैन । भ्याएजतिको काम गरिरहेकै छु । अब किसानका समस्या पनि सुन्नुपर्ने भएकोले गोठमा सघाउन एकजना कर्मचारी राखेकि छु ।’

दूध उत्पादनमा उत्कृष्ट किसानका रुपमा अघिल्लो वर्ष उनलाई फलेवास नगरपालिकाले अनुदान सहित सम्मान गरेको थियो । एक वर्षमा ४२ हजार लिटर दूध बेचेको भन्दै नगरपालिकाले प्रति लिटर एक रुपैयाँका दरले ४२ हजार रुपैयाँ सहित सम्मान दिइएको थियो । नगरमा यति धेरै दुध बिक्रि गर्ने उनि नै एक मात्रै किसान हुन् । दूध, तरकारी लगायत कृषि उपजको बिक्रिबाट उनले मासिक दुई लाख भन्दा बढीको आम्दानी गर्दैआएकि छिन् । उनको सफलतामा श्रीमान् सोमबहादुरको साथ छ । आफुले कृषि र योसंगै पाएको सफलताबाटै अरु किसानलाई पनि सफलताकै बाटोमा डो¥याउने उनको धोको छ । ‘धनी होस् या गरिव,’ उनले भनिन्, ‘सबैलाई व्यवसायिक बनाउने हो ।’ उनले आफु निर्वाचित भएर आए पनि आफुले कहिल्यै कृषि कर्म नछोड्ने बाचा गरेकी छिन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline