बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home शिक्षा महिलाको क्षमता अभिबृद्धीमा सञ्चारिका समुह

महिलाको क्षमता अभिबृद्धीमा सञ्चारिका समुह

by sambridhaonline

पर्वत
क्रियासिल महिला पत्रकारहरुको संस्था सञ्चारिका समुह पर्वतले महिलाहरुको क्षमता विकास तालिम सञ्चालन गरेको छ । सञ्चार तथा सामाजिक क्षेत्रमा सक्रिय युवा महिलाहरुका लागि लक्षित गरेर वाककला, समाचार लेखन, रेडियो तथा अन्य सञ्चारमाध्यममा समाचार बाचन, सामाजिक जिवनमा आइपर्ने समस्या र चुनौतिको समाधान गर्न सहज बाटो अबलम्बन गर्नेगरि क्षमता विकास तालिम सञ्चालन गरिएको हो ।


सञ्चारिका समुह पर्वतको आयोजनामा सञ्चालित ३ दिने तालिममा कुश्मा र आसपासका करिव २० जना महिला सहभागि छन् । पत्रकारिता वा सामाजिक जस्तोसुकै संघसंस्थाको नेतृत्व तहमा पुग्नका लागि वाक कला र शिलशिलेबार शैली नै महत्वपुर्ण हुने भएकोले ३ दिने प्रशिक्षणको आयोजना गरिएको सञ्चारिका समुह पर्वतकी अध्यक्ष विष्णु गौतमले जानकारी दिइन् । उनका अनुसार तालिममा अधिकांस सक्रिय पत्रकार महिलाहरुको सहभागिता छ ।
१९ गतेसम्मस सञ्चालन हुने तालिममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानशिंह गुरुङ, पर्वतका बरिष्ठ पत्रकारहरु ओमप्रसाद घायल, दुर्गाप्रसाद शर्मा तथा रेडियो पञ्चासेका स्टेसन मेनेजर लक्ष्मण सापकोटा, रेडियो शालिग्रामका समाचारप्रमुख रोशन तिवारी लगायतले सहजिकरण गर्ने आयोजकले जनाएको छ । सञ्चारक्षेत्र तथा सामाजिक संघसंस्था वा जस्तोसुकै संघसंस्थाको अगुवाई गर्न महत्वपुर्ण तत्व भनेको बोल्ने कला र शैली नै महत्वपुर्ण भएकोले त्यसलाई ध्यान दिनुपर्ने प्रशिक्षकहरुले सहभागिलाई दर्शाएका छन् ।


प्रशिक्षणका अवसरमा सहभागिलाई लक्षित गर्दै प्रशिक्षक ओम प्रसाद घायलले बोल्नुअघिको बोली आफ्नो अधिनमा हुने र बोलिसकेपछि बोलीको अधिनमा आफु रहनुपर्ने भएकोले बोल्नुअघि नै बिचार पु¥याउनुपर्ने बताए । सहभागिहरुले तालिमपश्चात बोल्ने तथा सामाजिक क्षेत्रमा प्रस्तुत हुने शैलीको विकास हुने अपेक्षा गरेको बताएका छन् ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline