बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home Featured News अपाङ्गता भएकाहरुको अधिकार खोसिंदैछः पीडित

अपाङ्गता भएकाहरुको अधिकार खोसिंदैछः पीडित

कानूनमा उल्लेख भएकै अधिकार पाउन पनि आन्दोलन र हड्ताल गर्नुपर्ने कहिलेसम्म ?

by sambridhaonline

पर्वत
राज्यका हरेक कानुनमा अपाङ्गता भएकाहरुका लागि सहुलियत, सामाजिक सुरक्षा लगायतका व्यवस्था भए पनि वास्तविक अपाङ्गहरुले त्यस्ता अधिकार र सुविधा नपाएको सम्बन्धित व्यक्तिहरुले गुनासो गरेका छन् । शुक्रबार पर्वतको कुश्मामा आयोजित एक कार्यक्रममा भेला भएका कुश्मा र आसपासका अपाङ्गता भएका व्यक्तिहरुले यस्तो गुनासो गरेका हुन् ।
नेपाल अपाङ्ग उत्थान समाज पर्वतले आयोजना गरेको अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि अनुशिक्षण कार्यक्रममा सहभागिहरुले राज्यले लीपिवद्ध गरेका अधिकारहरु प्राप्त गर्न राज्यकै जिम्मेवार निकायमा आन्दोलन र हड्ताल गर्नुपरेको गुनासो गरेका हुन् । कार्यक्रममा बोल्दै शारिरिक अपाङ्ग नारायण काकीले सवारीमा ५० प्रतिशत छुट पाइने कानुनि व्यवस्था हुँदाहुँदै पनि सवारीधनी र काउण्टरमा झगडा गर्नुपरेको तितो यथार्थ सुनाए । ‘हामीले कार्ड बोकेरै काउण्टरमा जाँदा पनि त्यो सुविधा पाउन सकिरहेका छैनौं,’ उनले भने, ‘छुट सुविधा दिनैका लागि कानुन बनेको भए बसको टिकटमै छुट सुविधा भनेर लेख्ने व्यवस्था गरौं । त्यसो भए हामी कतै कराउन र झगडा गर्नुपर्दैन ।’ नेत्रहिन संघ बागलुङका अध्यक्ष कुमार पुनले अपाङ्गता भएकै कारण कतिपय अवस्थामा सवारीमा यात्रा गर्न नपाउने, सामाजिक कार्यक्रमहरु र संबैधानिक अधिकारकै रुपमा पाउनुपर्ने शिक्षा पाउन समेत बिभेद सहनुपरेको बताए ।


नेपाल अपाङ्ग उत्थान समाज पर्वतका पुर्व अध्यक्ष गणेश शर्माले राज्यले दिनुपर्ने सूविधा र अधिकार प्राप्त गर्नका लागि अपाङ्गता भएका व्यक्तिहरुले पनि सम्बन्धित निकायमा गहन रुपले प्रस्तुती जनाउनुपर्ने बताए । कान्तिपुर दैनिकका पत्रकार एवं गुप्तेश्वर क्याम्पसका सह–प्राध्यापक अगन्धर तिवारीले अधिकार लिनका लागि आफु कुन अधिकारका लागि योग्य हो भन्नेबारे कानुनी र व्यवहासिक ज्ञान हुनुपर्ने बताए । उनले सामाजिक र आर्थिक रुपमा बञ्चितीमा परेका व्यक्तिहरुबारे आफुलाई जानकारी दिन सहभागिहरुलाई आग्रह गरे । सामाजिक तथा आर्थिक रुपमा पछि पारिएकाहरुको शिक्षा, स्वास्थ्य लगायतका विषयमा जुनसुकै स्थानमा आफुले समाचार तथा अन्य माध्यमबाट सहयोग गर्न आफु तयार भएको बताए ।


कार्यक्रममा नेपाल अपाङ्ग उत्थान समाज पर्वतका अध्यक्ष जगन्नाथ शर्माले सहभागिहरुलाई प्रशिक्षण दिंदै अधिकार र कर्तव्यबारे जानकारी गराए । प्रशिक्षक शर्माले अपाङ्गताका प्रकार, कानूनि रुपमा सम्बोधन गर्न हुने र नहुने अपाङ्गताका प्रकार, उपमा दिएर सम्बोधन गर्न नहुने लगायतका विषयमा सहभागिलाई स्पस्ट पारेका थिए । समाजका सदस्य देबराज पुरीले सञ्चालन गरेको कार्यक्रमका लागि कुश्मा नगरपालिकाले आर्थिक सहयोग गरेको हो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline