बिहिबार, बैशाख ३, २०८३
Thursday, April 16, 2026
Home राजनीति माओवादीले बजेटमाथि उठेका प्रश्नकाे एमालेसँग छलफल गर्ने

माओवादीले बजेटमाथि उठेका प्रश्नकाे एमालेसँग छलफल गर्ने

आफू निर्दोष रहेको मन्त्री शर्माकाे जिकीर

by sambridhaonline

बस्ती खवर (पर्वत) । नेकपा माओवादी केन्द्रले बजेटमाथि उठेका प्रश्नको बारेमा नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ ।

नेकपा माओवादीको पूर्वस्थायी कमिटी नेताहरुको आज ९बुधबार० बसेको बैठकले बजेटमाथि उठेका प्रश्नको एमालेसँग छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको हो । सोही बैठकमा मन्त्री जनार्दन शर्माले आफू निर्दोष रहेको जिकीर गर्नुभएको थियो ।

संसदमा बजेट पेश गर्नुभन्दा अघिल्लो दिन अनाधिकृत व्यक्तिलाई संलग्न गराई करका दर हेरफेर गरिएको भन्दै एमालेले अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै आएको छ । सोही दिनको सीसीटीभी फुटेज मेटाइएकामा पनि अर्थमन्त्रीको आलोचना हुँदै आएको छ ।

सोही विषयमा छानबिन गर्न संसदीय समिति बनाउन सकिने भएपनि त्यसका लागि संसद बैठकमा अर्थमन्त्री शर्माले आफ्ना कुरा राख्न पाउनुपर्ने माओवादीको तर्क छ ।

 

 

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline