आइतवार, चैत्र २, २०८१
Sunday, March 16, 2025
Home घुमफिर कर्मफ्लाइट्सले गर्यो फेवाताल सफाई र सम्मान

कर्मफ्लाइट्सले गर्यो फेवाताल सफाई र सम्मान

by sambridhaonline

पोखरा, २ साउन
सामाजिक क्षेत्रमा अग्रणी संस्था कर्मफ्लाइट्स फाउन्डेसनले पोखरा महानगरपालिका वडा नं. ६ को खहरे बङ्गलादी क्षेत्रका कोभिड १९ बाट अतिप्रभावित बिपन्न परिवार तथा आधारभूत तहमा काम गर्ने पर्यटन मजदुरहरुलाई ‘कामका लागि खाद्यान्न’ कार्यक्रम अन्तर्गत खाद्यान्न सहयोग गरेको छ । फाउण्डेसनले दुई दिने बृहत फेवाताल सरसफाइ कार्यक्रम सम्पन्न गर्दै उक्त कार्यक्रम बापत उनिहरुलाई खाद्यान्न सहयोग गरेको हो ।


फाउण्डेसनको आयोजना, नमस्ते नेपाल संस्था (चेक गणतन्त्र) को आर्थिक सहकार्य तथा पोखरा महानगरपालिका–६ को संयोजनमा ४० परिवारलाई प्रती परिवार तिन हजार रुपैयाँ बराबरको खाद्यान्न बितरण गरिएको थियो । फेवाताल सफाईमा सहभागि भएबापत उनिहरुलाई कामका लागि खाद्यान्न कार्यक्रम बापतको उक्त खाद्यान्न बितरण गरिएको हो ।


फाउन्डेसनको कार्यालय परिसर बङ्गलादीमा गरिएको संक्षिप्त औपचारिक कार्यक्रममा पोखरा महानगरपालिका–६ का वडाध्यक्ष बिष्णुबहादुर भट्टराई समेत सहभागि थिए । कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले पोखरामा मात्रै नभएर अन्य जिल्लामा समेत प्राकृतिक बिपत्ति र महामारीको बेला आफ्नै बलबुतामा आर्थिक श्रोत जुटाएर सामाजिक क्रियाकलापमा सक्रिय फाउन्डेसनको प्रशंसा गरे । उनले यस्ता किसिमका सामाजिक काममा सहकार्य र संयोजन गर्न पाउँदा खुशी लागेको भन्दै आगामि दिनमा पनि आफु सहकार्य गर्न तयार रहेको बताए । भट्टराइले आधारभूत तहमा काम गर्ने मजदुरहरुलाई बिस्थापित हुनबाट जोगाउन बैकल्पिक तालिमहरुको लागि समेत सहकार्य गरिने प्रतिवद्दता जनाए ।


फाउण्डेसनले ड्यामसाइड, कोमागाने पार्क हुँदै बाराहिघाट, हल्लनचोक, बङ्गलादी शिवमणी कैलाशधाम मन्दिर सम्म सरसफाई गरिएको फाउण्डेसनका कार्यक्रम निर्देशक प्रेम बहादुर कुँवरले बताए । उनका अनुसार सफाइमा ९५ वटा ठूला प्लास्टिकका बोरामा प्लास्टिकजन्य फोहोर संकलन गरिएको फाउन्डेसनका फिल्ड कोअर्डिनेटर राजु परियारले बताए । सोहि कार्यक्रमका अवसरमा फाउण्डेसनले पोखरा–६ का नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ । स्थानीय समाजसेवी टेकनाथ अधिकारी, फाउन्डेसनका अध्यक्ष लक्ष्मण शर्मा र कार्यक्रम निर्देशक प्रेमबहादुर कुँवरले वडाध्यक्ष भट्टराई र अन्य चार वडाध्यक्ष सहित पाँचै जना जनप्रतिनिधिहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

 

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline