बिहिबार, साउन १४, २०८३
Thursday, July 30, 2026
Home Featured News आज र भोलि विद्यालय बन्द गर्ने शिक्षण सङ्घसंस्थाहरुको निर्णय

आज र भोलि विद्यालय बन्द गर्ने शिक्षण सङ्घसंस्थाहरुको निर्णय

by sambridhaonline

भदौ २४,पोखरा – जेन–जीको प्रदर्शनमा प्रहरीको गोली लागेर १९ जनाको ज्यान गएपछि विभिन्न शिक्षण सङ्घसंस्थाहरुले आज र भोलि शोक बिदा दिने निर्णय गरेका छन् ।

नेपाल मन्टेश्वरी एशोशियसन एनएमएका अध्यक्ष पवित्रा लिम्बु, अपेनका अध्यक्ष बद्री दाहाल, हिसानका कार्यवाहक अध्यक्ष युवराज शर्मा, नेशनल प्याब्सन अध्यक्ष सुवाष न्यौपाने र प्याब्सनका अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्त विज्ञप्ति निकालेर दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । काठमाण्डौ तथा ललितपुर महानगर र जिल्लाहरुले पनि पठानपाठन बन्द गर्ने निर्णय गरेका छन् ।

यस्तै त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चाल विश्वविद्यालयले परीक्षा स्थगित गरेका छन् । त्रिविको चार वर्षे स्नातक तहको आज, भोलि र पर्सिको परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । स्थगित परीक्षा असोज २, ४ र ५ गते हुने त्रिविले जनाएको छ ।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयले पनि आज र भोलि हुने स्नातक तथा स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ । पोखराका पनि अधिकांस बिद्यालय बन्द रहने जनाइएको छ

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline