सोमवार, पुस २९, २०८१
Monday, January 13, 2025
Home Featured News गुप्तेश्वर क्याम्पसमा प्रजातन्त्रबादी प्राध्यापक संघ गठन

गुप्तेश्वर क्याम्पसमा प्रजातन्त्रबादी प्राध्यापक संघ गठन

by sambridhaonline

पर्वत ३० साउन
कुश्माकै सबैभन्दा पुरानो गुप्तेश्वर बहुमुखी क्याम्पसमा प्रजातन्त्रबादी प्राध्यापक संघ गठन भएको छ । प्रजातन्त्र र लोकतन्त्रमा आस्था राख्ने प्राध्यापकहरुको भेलाको दोस्रो अधिवेशनबाट रमेश शर्माको अध्यक्षतामा नौ सदस्यिय नयाँ कार्यसमिति गठन भएको छ ।
समितिको उपाध्यक्षमा जयराम सुबेदी, सचिवमा कुलचन्द्र पौडेल, कोषाध्यक्षमा इन्द्र अधिकारी र सहसचिवमा धनप्रसाद भण्डारीलाई सर्वसम्मत चयन गरिएको हो । समितिका सदस्यहरुमा ओमकार गिरी, दुर्गा पाण्डे पन्त, प्रकाश रिजाल र अगन्धर तिवारीलाई चयन गरिएको छ ।
भेलाले नेपाल प्रजातन्त्रबादी प्राध्यापक संघको आसन्न पाचौं राष्ट्रिय महाधिवेशनका लागि चार जना महाधिवेशन प्रतिनिधि पनि छनोट गरेको छ । महाधिवेशन प्रतिनिधिहरुमा हरिनारायण रेग्मी, बलराम रिजाल, ओमकार गिरी र सुभाष पन्तलाई चयन गरिएको सहायक प्राध्यापक हरिनारायण रेग्मीले जानकारी दिए ।
यसअघि २०७५ साल असोज २३ गते नवराज शर्माको अध्यक्षतामा गठित समिति केहि निस्कृय भएका कारण उक्त समितिलाई गति दिनका लागि सोमबार नयाँ समिति गठन गरिएको हो । नवगठित समितिकै सक्रियतामा अब निकट भविष्यमै प्रजातान्त्रिक प्राध्यापकहरुको जिल्ला भेला डाकेर जिल्ला समिति गठन गरिने नवनिर्वाचित अध्यक्ष रमेश शर्माले बताए । समितिले क्याम्पसमा शैक्षिक तथा भौतिक पुर्वाधारको विकास, बिभिन्न साझेदार निकायमा प्राज्ञिक बहस, सम्बाद तथा छलफलको माध्यमबाट प्राध्यापकहरुको क्षमता विकास र समस्या समाधानमा समेत भूमिका खेल्ने नयाँ कार्यसमितिले लक्ष्य राखेको छ । कार्यक्रमा बोल्दै गुप्तेश्वर क्याम्पसप्रमुख सुभाष पन्तले नवगठित समितिले पेसागत सीमा र मर्यादाभित्र रहेर क्याम्पसको सर्वाङ्गिर्ण विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline