363

पर्वतको बिहादी गाउँपालिकामा लोकतान्त्रिक उद्योग वाणिज्य संघ गठन भएको छ । भेलाले बिहादिका बरिस्ठ व्यापारी एवं गिरि इन्टरप्राईजेजका प्रोपाईटर श्यामलाल गिरिको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा भोज कुमारी अधिकारी, सचीवमा भुमेश्वोर सुनार, सहसचिवमा टिकाराम भुसाल, कोषध्याक्षमा काेपिला खड्का र सदस्यहरुमा क्रमश अमृत भुषाल, टीका थापा, तिलकबहादुर खड्का र प्रकाश पराजुली चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथी एवं बिहादी गाउँपालिकाका अध्यक्ष प्रवीण गुरुङ, लोकतान्त्रिक उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष शिव शर्मा पौडेल, नेपाली कांग्रेस पर्वतका सहसचिव तिलकप्रसाद भुसाल, लोकतान्त्रिक उद्योग वाणिज्य संघ पर्वतका उपाध्यक्ष मानसिँह भण्डारी, अर्का उपाध्यक्ष दिपेन्द्र गिरि,जिल्ला समन्वय समिति पर्वतका सदस्य बिजय क्षेत्री, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य साजन परियार लगायतले नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना दिएका थिए । संघले शनिबार बिहान पैयुँ र दिउँसो महाशिला गाउँपालिमा समिति गठन गर्ने जनाएको छ ।
