शुक्रबार, बैशाख ४, २०८३
Friday, April 17, 2026
Home Featured News शनिबार सम्पन्न दोश्रो इन्टर स्कूल ब्यान्ड प्रतियोगितामा पोखराको गुरुकुल विद्या सदन विजयी

शनिबार सम्पन्न दोश्रो इन्टर स्कूल ब्यान्ड प्रतियोगितामा पोखराको गुरुकुल विद्या सदन विजयी

by sambridhaonline

पोखरा ,भदौ १६  – पोखरा सभागृहमा शनिबार सम्पन्न दोश्रो इन्टर स्कूल ब्यान्ड प्रतियोगितामा गुरुकुल विद्या सदन विजयी भएको छ। ‘शिक्षासँगै संगीत’ नाराका साथ आयोजित प्रतियोगितामा नौ स्कुल ब्यान्डलाई पछि पार्दै गुरुकुलले उपाधि हात पारेको हो।

फाइनल राउण्डमा गुरुकुलले आफ्नो मौलिक गीत र गण्डकी प्रदेशका सर्जकको गीत प्रस्तुत गर्दै निर्णायकहरूको मन जित्यो। द्वितीय स्थान ग्लोबल कलेजियट माविले र तृतीय स्थान फिस्टेल एकेडेमीले प्राप्त गरे।

कार्यक्रममा विशेषतस् बेस्ट भोकल, बेस्ट बास गिटारिष्ट, बेस्ट लिड गिटारिष्ट, बेस्ट ड्रमर, बेस्ट लिरिक्स, र बेस्ट म्युजिक कम्पोजर विधाका विजेताहरूलाई सम्मान गरिएको थियो। पुरस्कार वितरणको क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, वडाध्यक्ष तोरणबहादुर बानिया, र गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ उपस्थित थिए।

संघका सचिव भाष्करध्वज श्रेष्ठले ९० को दशकमा पोखरा ब्यान्डहरुको राजधानी भनेर चिनिएको उल्लेख गर्दै यस प्रतियोगिताले पुरानो सांगीतिक विरासत फर्काउने विश्वास व्यक्त गरे।

 

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline