बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News वुवाको मुख हेर्ने दिनका अवसरमा मानव आश्रम हेम्जामा खाद्यन्न सामाग्री सहयोग ।

वुवाको मुख हेर्ने दिनका अवसरमा मानव आश्रम हेम्जामा खाद्यन्न सामाग्री सहयोग ।

by sambridhaonline

भाद्र १७, पोखरा/ वुवाको मुख हेर्ने दिन कुशे ओैशीका अवसरमा मानव सेवा आश्रम हेम्जामा सोमवार ३० हजार रुपैया वरावरको खाद्य सामाग्री हस्तान्तरण गरिएको छ । सामाजिक अभियन्ता डा.विश्व प्रकाश प्रसाईको स्व. टीका वहादु प्रसाईं तथा नेपाली सेनाका पुर्वउपरथी देवेन्द्र वहादुर मेधासीका स्व. खड्क वहादुर मेधासीको स्मृतिमा अमरटिका प्रतिष्ठान नेपाल तथा अमृत मेधासी स्मृति प्रतिष्ठान नेपालद्वारा सहयोग हस्तान्तरणको संयोजन गरिएको हो । खाद्य सामाग्रीहरु नेपाली सेनाका पुर्व उपसेनानि देवेन्द्र वहादुर मेधासीले सौजन्य गर्नु भएको हो । सामाजिक अगुवा देवेन्द्र ज्यु ठकुरी, पुर्व उपरथी देवेन्द्र मेधासी, नेष्डो समृद्धका अध्यक्ष सावित्री खत्री क्षेत्री, लक्ष्मी मेधासी, नारायण खत्री, खुम वाग्ले लगायतले संयुक्त रुपमा खाद्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।
संक्षिप्त औपचारिक कार्यक्रममा वोल्दै अमरटिका प्रतिष्ठानका अध्यक्ष डाक्टर विश्व प्रकाश प्रसाइले पित्रीको स्मरणमा सक्नेले ससानो भएपनि मानवीय सहयोग गरौं भन्ने सन्देश दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको वताउनु भयो । क्षमता हुनेहरुले क्षमता अनुसारको सहयोग हुँदा खानेलाई गर्न सकेमा समाजवाट दुख दुर भएर जाने उहाँको भनाई थियो । ठूलो सहयोग गर्ने क्षमता छैन भनेर सानो सहयोग पनि नगर्नु भन्दा जे छ, त्यही सहयोग गर्दा मानव कल्याण एवम् पुण्य प्राप्त हुने उहाँको भनाई थियो ।मानव सेवा आश्रमले १ सय ५ जना सहयोपेक्षी मानव नारायणहरुलाई आश्रय दिंदै आई रहेको छ भने पोखराको छोरेपाटन केन्द्रमा ५५ जना लक्ष्मीमाताहरु आश्रित रहनु भएको छ । नेष्डो समृद्ध संघसंस्था र यसमा आवद्ध अभियान्तहरुले आफ्नो हरेक सुखद, दुखद सन्दर्भ र राष्ट्रिय पर्वहरुमा आश्रममा सहयोग गर्दै आई रहनु भएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रम नेपाली सेनाका पुर्व उपरथी देवेन्द्र मेधासीको संरक्षकत्व, युवा सामाजिक अभियन्ता शुस्मा प्रसाईको सञ्चालन तथा मानव सेवा आश्रम हेम्जाका संयोजक दिपेश पुनको स्वागतमा सम्पन्न भएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline