मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
Home राजनीति दसैँअघि बीपी राजमार्ग नखुल्ने, फसेका ५ सय गाडी उद्धार प्रयास जारी

दसैँअघि बीपी राजमार्ग नखुल्ने, फसेका ५ सय गाडी उद्धार प्रयास जारी

by sambridhaonline

असोज १८,पोखरा – दसैँअघि बीपी राजमार्ग सञ्चालन नहुने भएको छ । असोज ११ र १२ गतेको बाढी पहिरोबाट बीपी राजमार्गको १२ किलोमिटर सडक बगाएकोले तत्काल अस्थायी बाटो बनाएर सवारी सञ्चालनमा समस्या रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले बताउनुभयो । उनले सडकका साथै पुलमा पनि क्षति पुगेकोले तत्काल सडक सुचारु गर्न सक्ने अवस्था नरहेको बताउनुभयो ।

शुक्रबार विकास तथा पूर्वाधार समितिको बैठकमा बोल्दै उनले बीपी राजमार्गमा झन्डै ५ सयवटा गाडी र ती गाडीमा रहेका झन्डै १ हजार चालक तथा सहचालक फसेकाले उनीहरूको उद्धार कार्य उद्धार प्रयास भइरहेको जानकारी दिनुभयो। दसैँ अघिसम्म उनीहरूको उद्धार सक्ने बताउनुभयो ।

बैठकमा सांसद निशा डाँगीले डाईभर्सन सडक बनाएर बीपी राजमार्ग सञ्चालन गर्न सकिने भनेर विज्ञले भनेको उल्लेख गर्दै त्यसतर्फ मन्त्रालयलाई ध्यानाकर्षण गराउनुभयो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline