मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
Home Featured News पोखराको बुद्धचोकस्थित द स्केट पार्क प्रालिमा आगलागी, पूर्णरुपमा जल्यो सामान

पोखराको बुद्धचोकस्थित द स्केट पार्क प्रालिमा आगलागी, पूर्णरुपमा जल्यो सामान

by sambridhaonline

असोज २२, पोखरा – पोखराको बुद्धचोकस्थित द स्केट पार्क प्रालिमा आगलागी भएको छ । सोमबार राति करिब ८ः२० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

द स्केट पार्क पोखरा-५ जिरोकिमीका कृष्ण ढकाल र चाउथेका अनिल ढकालले सञ्चालन गर्दै आएका थिए । ट्रस र जस्ता पाताले बनेको बाँसले बारेको द स्केट पार्कमा विद्युत लाईन सर्ट भई आगोलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट द स्केट पार्क पूर्णरुपमा जलेको छ । आगो वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको टोली, स्थानीय र दमकलको सहयोगमा राति ९ बजे नियन्त्रणमा आएको थियो ।

आगलागीबाट स्केट जुत्ता करिब ६५० थान, म्प्युटर ३ थान, ४३ ईन्चको टिभी, जेनेरेटर, ईनभटर ब्याट्री, सिसिक्यामेरा मनिटरसहित ८ आठ थान र केही स्केट जुत्ताका पार्टस जलेर नष्ट भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline