मङ्लबार, बैशाख ८, २०८३
Tuesday, April 21, 2026
Home Featured News कोजाग्रत पुणिमाको दिन विजया दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कोजाग्रत पुणिमाको दिन विजया दशमी तथा शुभ दिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

अन्तर्राष्ट्रिय गरिवी निवारण दिवसको अवसरमा एक अभियन्ता सहित दुई संस्था संस्थालाई सम्मान प्रदान

by sambridhaonline

कार्तिक २,पोखरा – विजया दशमी, शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको पावन अवसरमा राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालद्वारा पर्वत कुश्मामा शुभकामना आदान प्रदान, सामुहिक टिका ग्रहण तथा अन्तरसंवाद कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रमको सहआयोजकमा अमरटिका प्रतिष्ठान नेपाल र विश्व प्रसाई वि.पी. फाउण्डेशन नेपाल रहेका छन् । कोजाग्रत पुणिमा एवम् अन्तर्राष्ट्रिय गरिवी निवरण दिवसको अवसर पारेर सो शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा गरिवी न्यूनिकरणको क्षेत्रमा विगत २७ वर्ष देखि योगदान पु¥याउदै आउनु भएकी सामाजिक अभियन्ता, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका अध्यक्ष एवम् महिला नेतृ सावित्रि खत्री क्षेत्रीलाई व्यक्तिगत रुपमा र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डो वचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई संस्थागत सम्मान प्रदान गरिएको छ । नेष्डो समृद्धको संस्थागत सम्मान अध्यक्ष प्रेम प्रसाद शर्माले र नेष्डो समृद्धको संस्थागत सम्मान कायममुकायम कार्यकारी प्रमुख युधिष्ठिर भुषालले ग्रहण गनु भएको थियो ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै संस्थाका संस्थापक अध्यक्ष डाक्टर विश्व प्रकाश प्रसाईले हिन्दुहरुको महान पर्व विजया दशमी तथा शुभदिपावलीको सांस्कृतिक, भावनात्मक एवम् भौतिक तीनै पक्ष महत्वपुर्ण रहेको वताउनु भयो । यस किसिमका पर्वतले परिवार र समाजमा भावनात्मक एकता, सामाजिक सहिश्गुणता र भौतिक समृद्धीमा टेवा पु¥याउने हुँदा सामाजिक संस्था विच भावनात्मक एकता अभिवृद्धिको लागि कार्यक्रम आयोजना गरिएको वताउनु भयो । उहाँले अन्तर्राष्ट्रिय गरिवी निवारण दिवसलाई नेष्डो नेपालद्वारा मात्र मनाइएको भन्दै यस वर्ष गरिवी निवारणको क्षेत्रमा योगदान गर्ने संस्था तथा व्यक्तित्वलाई सम्मान गरिएकोमा अर्को वर्ष थप विस्तृत कार्यक्रम आयोजना गरिने वताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले पर्वतका अध्यक्ष गोविन्द पहाडी गिरी, नेकपा माओवादी केन्द्रका प्रतिनिधी एवम् कुश्मा नगर अध्यक्ष शंकर गिरी, सम्मानित व्यक्तित्व सावित्री खत्री क्षेत्री लामिछाने, प्रेम प्रसाद पौडेल, लोकतान्त्रिक गैसस महासंघ पर्वतका अध्यक्ष गणेश वहादुर क्षेत्री, गैसस महासंघ पर्वतका सचिव कृष्ण प्रसाद शर्मा, पर्वत उद्योग वाणिज्य संघका महासचिव खड्क प्रसाद खनाल र गुप्तेश्वर धार्मिक पर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष पृथ्वीनारायण शर्माले हिन्दुहरुको महान पर्वहरुको महत्वको वारेमा चर्चा गर्दै विजय दशमीको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

नेष्डो नेपालका अध्यक्ष रत्न प्रसाद अधिकारीको अध्यक्षता, आजीवन सदस्य उत्तम प्रसाद अधिकारीको सञ्चालन तथा संस्थापक अध्यक्ष डा. विश्व प्रकाश प्रसाईको स्वागतमा सम्पन्न कार्यक्रममा विभिन्न शक्तिपिठवाट संकलन गरिएको टिका तथा जमारा सामुहिक रुपमा ग्रहण गरिएको रेडियो समृद्धका सहकर्मी इश्वरी प्रसाद शर्मावाट प्रेषित समाचारमा जनाइएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline