मङ्लबार, चैत्र ३, २०८२
Tuesday, March 17, 2026
Home Featured News पोखरामा दिनदिनै हावाहुरीसहित बर्षा, फेवातालको बीचमा फसेका सात जनाको उद्दार

पोखरामा दिनदिनै हावाहुरीसहित बर्षा, फेवातालको बीचमा फसेका सात जनाको उद्दार

by sambridhaonline

कार्तिक २, पोखरा – पोखरामा आज पनि हावाहुरीसहित वर्षा भएको छ । जसका कारण फेवातालको बीचमा फसेका सात जनाको उद्दार गरिएको छ ।

सशस्त्र प्रहरी बल कालिका गणबाट खटिएको रेस्क्यु टिमले उनीहरुको सकुशल उद्दार गरेको हो ।

गणपति एसपी अरुणकुमार शर्माका अनुसार हवाहुरीसँगै पानीको छाल आउँदा तीन वटा डुंगामा सवार सात जना फेवातालको बीचमा फसेका थिए ।

भरतपुरका २८ वर्षीय रिजन श्रेष्ठ, काठमाडौँकी ३१ वर्षीया अर्चना भट्टराई, ललितपुरका २२ वर्षीय समीर शेर्पा, १९ वर्षीय सफल थापा मगर, २२ वर्षीय आयुष थापा मगर, ३० वर्षीय कृष्ण सुनार र २२ वर्षीय प्रशान्त लामाको उद्वार गरिएको एसपी शर्माले बताए ।

बिहीबार पनि हावाहुरीकै कारण फेवातालमा फसेका दुई जनाको उद्दार गरिएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline