बिहिबार, साउन २, २०८२
Thursday, July 17, 2025
Home Featured News नेपाली कांग्रेस पर्वत पोखरा सम्पर्क समितिको दोश्रो अधिवेशन शनिवार पोखरामा सम्पन्न

नेपाली कांग्रेस पर्वत पोखरा सम्पर्क समितिको दोश्रो अधिवेशन शनिवार पोखरामा सम्पन्न

अधिवेशनवाट १५ सदस्यीय कार्य समिति र्निविरोध चयन, समितिमा सुधारको खाँचो रहेको नेताहरुको सुझाव

by sambridhaonline

कार्तिक ११,पोखरा – नेपाली कांग्रेस पर्वत पोखरा सम्पर्क समितिको दोश्रो अधिवेशन शनिवार पोखरामा सम्पन्न भएको छ । पोखरामा रही विभिन्न पेशा व्यवसायमा संलग्न नेपाली कांग्रेसमा आस्थावानहरुको सम्पर्क संस्थाको रुपमा वि.सं. २०७३ सालमा गठन भई २०७६ साल आश्विनमा पहिलो अधिवेशनले वलभद्र शर्माको अध्यक्षतामा समिति नेतृत्व चयन गरेको थियो । विधानतः ३ वर्षको कार्यकाल भएपनि ५ वर्ष पछि गणेश शर्माको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गर्दै दोश्रो अधिवेशन पोखरामा सम्पन्न भएको हो । र्निविरोध निर्वाचित समितिका वरिष्ठ उपाध्यक्षमा लक्ष्मी कुमारी मेधासी प्रसाई, उपाध्यक्षद्वयमा राम प्रसाद भुर्तेल, कृष्ण प्रसाद शर्मा, सचिवमा रमेश थापा, सहसचिवमा धर्म के.सी. र कोषाध्यक्षमा झलक रिमाल रहनु भएको छ । यसै गरी समितिको कार्यकारिणी सदस्यमा अम्वर वहादुर गुरुङ्ग, कृष्ण प्रसाद सापकोटा, अग्नि प्रसाद भुषाल, गंगा प्रसाद अधिकारी, कृष्ण प्रसाद शर्मा, तेजराज वाँस्तोला, पुस्कल वहादुर मल्ल र डिल प्रसाद शर्मा रहनु भएको छ ।

अधिवेशन उदघाटन समारोहमा प्रमुख अतिथिको आसनवाट वोल्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुन प्रसाद जोशीले गणेशमान सिंह र ह्याकुचाको प्रसङ्ग उल्लेख गर्दै आँफूलाई गणेशमान सिंह र असहमती राख्नेहरुलाई ह्याकुचाको रुपमा परिभाषित गर्दै आँफू आफ्नो विरोधमा उत्रनेहरुको प्रतिवाद गर्न छाडेको वताउनु भयो । विगतमा नेपाली कांग्रेसको विकल्प नरहेकोले जस्तो गरे पनि हुन्थ्यो तर अव ठूला पाटीको विकल्पमा नयाँ पाटीहरु अगाडी आई सकेकोले संगठन वलियो वनाउन पर्नुपर्ने उहाँको भनाई थियो । सरकारको वजेटवाट विकास गरें भनेर अव जनताले नपत्याउने भन्दै उनिहरुको दुःखमा साथ र सहयोग गर्नुपर्ने उहाँको भनाई थियो ।

नेपाली कांग्रेस पर्वतका युवा नेता डाक्टर विश्व प्रकाश प्रसाईले राजनीति प्राप्तिको लागि गर्ने कि निष्ठाको गर्ने भन्ने निक्यौल गर्न जरुरी भएको वताउनु भयो । निष्ठाको राजनीति गर्दा आँफू पछि परे पनि पश्चाताप नभएको भन्दै प्रसाईले पाटीवाट लिन भन्दा पाटी मार्फत जनताको सेवा गर्न आँफू राजनीतिमा लागेको वताउनु भयो । नेता प्रसाईले पाटीका नेता तथा कार्यकर्ताहरुले सकरात्मक दृष्टिकोण वनाउन जरुरी रहेको भन्र्दै भविस्यमा आँफूले टिकट पाएका वखत पनि जित हासिल गर्न पाटी संगठन वलियो हुन जरुरी छ भनेर काम गर्न सवैलाई आह्वान गर्नुभयो । नेता प्रसाईले कार्यकर्ताको असन्तुष्टीलाई नेताले सुनेर सकरात्मक रुपमा संवोधन गर्नुपर्ने भन्र्दै अभिव्यक्तिको शैलीलाई पनि सुधार गर्न जरुरी रहेको वताउनु भयो । अरु पाटीका नेता जेल गएर हाम्रो पाटी वन्दैन, हाम्रो पाटी वन्न हामी आँफै नै स्वच्छ र निर्मल हुन जरुरी रहेको उहाँको भनाई थियो ।

समारोमा नेपाली कांग्रेस गण्डकी प्रदेश सदस्य रमेश पौडेल, रामकृष्ण मल्ल, सिता लामिछाने काफ्ले, यज्ञ थापा, गण्डकी प्रदेश सदस्य रेखा गुरुङ्ग, महासमिति सदस्य एनपि भुषाल, वसन्त सि.के., नेपाली कांग्रेस पर्वतका उपसभापति डाक्टर चुडामणी शर्मा, निर्वाचन प्रतिनिधी शिव प्रसाद सुवेदी, सचिव अशोक उचै ठकुरी, गुप्तनिधी शर्मा, महाधिवेशन प्रतिनिधी गंगाधर तिवारी, सनम वेगम, मिना कर्मचार्य, प्रदेश क्षेत्रीय सभापतिद्वय राज कुमार क्षेत्री, प्रविण गुरुङ्ग, नेता राम शर्मा पौडेल, महाशिला पाटी सभापति उज्वल गुरुङ्ग लगायतले शुभकामना मन्तव्य दिनु भएको थियो ।

अधिवेशन समितिका अध्यक्ष वलभद्र शर्माको अध्यक्षता, वरिष्ठ उपाध्यक्ष गणेश शर्माको स्वागत एवम् सचिव राम प्रसाद भुर्तेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline