सोमवार, अशोज ५, २०८३
Monday, September 21, 2026
Home Featured News सहकारी ठगी प्रकरणः मेयर नेपालीलाई पनि कास्की अदालतमा उपस्थित गराइयो

सहकारी ठगी प्रकरणः मेयर नेपालीलाई पनि कास्की अदालतमा उपस्थित गराइयो

by sambridhaonline

कार्तिक २५ , पोखरा – इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका ढोरपाटनको मेयर देवकुमार नेपालीलाई कास्की अदालतमा उपस्थित गराइएको छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा नेपालीलाई कास्की अदालतमा उपस्थित गराइएको हो।

मेयर नेपाली सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष थिए । सूर्यदर्शन सहकारीको अध्यक्ष हुन नपाएपछि त्यहीँका कर्मचारीसँग मिलेर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारी खोलेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

इमेज सकारी ठगी प्रकरणमा उनी बागलुङ कारागारमा पुर्पक्षका लागि थुनामा थिए। इमेज सहकारीबाट दुई जिल्लामा दुई अर्बभन्दा धेरै हिनामिना गरेको आरोप लागेका नेपालीलाई सूर्यदर्शन सहकारी प्रकरणमा कास्की रास्वपा सभापति रवि लामिछानेसँगै उपस्थित गराइएको प्रहरीले जनाएको छ।

सहकारीको रकम हिनामिना पारी फरार नेपालीलाई पक्राउ गर्न रेडकर्नर नोटिस जारी भएको थियो । नेपालीलाई गत असोज ११ गते भारतमा पक्राउ गरी ल्याइएको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline