मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025
Home Featured News रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

रवि लामिछानेलाई थप ५ दिन थुनामा राख्न अदालतको अनुमति

by sambridhaonline

मंसिर २७, पोखरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप पाँच दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

सहकारी ठगी, सङ्गठित अपराध एवम् सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा ५७ दिनदेखि प्रहरी हिरासतमा रहेका रास्वपाका सभापति रवि लामिछानेलाई थप पाँच दिन अनुसन्धान गर्न कास्की जिल्ला अदालतले अनुमति दिएको हो । न्यायाधीश चन्द्रकान्त पाैडेलको इजलाशले लामिछानेलाई सातौं पटक हिरासतमा राख्ने म्याद थप गरेको हो ।

लामिछानेमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेकाले अब मुद्दा दर्ता गर्ने तयारी गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ परेका लामिछानेमाथि अनुसन्धानका लागि शुरूमा ६ दिन, त्यसपछि सात दिन, १० दिन, १३ दिन, १५ दिन र चार दिन म्याद थप गरेर अनुसन्धानपछि यस पटक पाँच दिन म्याद थप भएको हो ।

पूर्वउपप्रधान एवम् गृहमन्त्रीसमेत रहेका लामिछानेविरुद्ध चितवन, पर्सा, काठमाण्डौ, रुपन्देही र पर्सामा सहकारी ठगीको अनुसन्धानका लागि पक्राउ गर्न अदालतले अनुमति दिएकोमा सबै जिल्लामा बयान सकिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline