मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025
Home Featured News लामिछानेको थुनछेक बहस सकिएन,फेरि प्रहरी हिरासतमै पुगे रवि

लामिछानेको थुनछेक बहस सकिएन,फेरि प्रहरी हिरासतमै पुगे रवि

by sambridhaonline

पौष २८,पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुन: प्रहरी हिरासतमै पुगेका छन्। जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश दिएको छ।

अदालतका ६ नम्बर वरीयताका न्यायाधीश अधिकारीको इजलासमा आज लामिछानेको बयान भएको थियो। तर थुनछेक बहस आज नभएपछि उनलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको हो। सोमबार ११ बजेबाट प्रहरीले रविलाई पुन: अदालतमा उपस्थित गराउनेछ। त्यसपछि थुनछेक बहस सुरु हुने बताइएको छ।

काठमाडौं जिल्ला अदालतमा लामिछानेसहित ३९ जनाविरुद्ध स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दा दर्ता भएको छ। लामिछानेसहितका आरोपीविरुद्ध काठमाडौं जिल्ला अदालतमा पुनः कास्कीकै जसरी बहस प्रारम्भ हुनेछ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने बिहीबार मात्र कास्की जिल्ला अदालतको आदेशमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए। सूर्यदर्शन सहकारी ठगी मुद्दामा धरौटीमा रिहा भएका लामिछाने शुक्रबार सडकमार्ग हुँदै काठमाडौं आइपुगेका थिए।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline