बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News ऐतिहासिक ‘पोखरा गेट’ राजमार्ग विस्तारका क्रममा हटाइयो, पुननिर्माणको प्रतिबद्धता

ऐतिहासिक ‘पोखरा गेट’ राजमार्ग विस्तारका क्रममा हटाइयो, पुननिर्माणको प्रतिबद्धता

by sambridhaonline

पौष २९, पोखरा – पृथ्वी राजमार्ग अन्तर्गत पोखराको अमरसिंह चोक र औद्योगिक क्षेत्रको बीचमा रहेको ऐतिहासिक ‘पोखरा गेट’ राजमार्ग विस्तारका क्रममा हटाइएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो फेसबुकमा उक्त गेट हटाइएको भन्दै फोटोसमेत पोष्ट गरेका छन् । गेट साेमबार बिहान सबेरै हटाइएकाे हाे ।

गेट हटाउने प्रयासमा आएका अवरोधलाई समाधान गर्न महानगरपालिकाले केही दिनअघि सर्वपक्षीय बैठकको आयोजना गरी सकारात्मक समन्वय गरेको थियो । ‘हाम्रो पंयास भनेकै समृद्ध र व्यवस्थित पोखरा निर्माण गर्नु हो। विकास निर्माणका काममा कसैले अवरोध गर्नुहुँदैन’ मेयर आचार्यले भनेका छन, ‘पोखरा गेटलाई उपयुक्त स्थानमा पुनर्निर्माण गर्ने प्रतिबद्धता सहित, आज सुरक्षा निकाय, महानगर प्रहरी र निर्माण कम्पनीको सहकार्यमा यो काम सफलतापूर्वक सम्पन्न भएको छ। पृथ्वी राजमार्गको एकतर्फी मार्ग द्रुत गतिमा निर्माण भइरहेको छ। सबै सरोकारवालाले विकासमा सहयोग गरौं।’ उनले विकास र पूर्वाधार निर्माणका लागि सबैको सहकार्य अपरिहार्य रहेको भन्दै सहयोगी सम्पूर्णलाई धन्यवाद पनि दिएका छन् । पोखरा महानगरपालिकाले सबै सरोकारवालालाई विकास र पूर्वाधार निर्माणका लागि सहकार्य गर्न आह्वान गर्दै व्यवस्थित र समृद्ध पोखरा निर्माणमा साथ दिन आग्रह गरेको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline