शुक्रबार, साउन १५, २०८३
Friday, July 31, 2026
Home Featured News इजरायल र हमासबीच गाजामा युद्धविराम,सहमतिपछि इजरायल र हमासको छुट्टाछुट्टै प्रतिक्रिया

इजरायल र हमासबीच गाजामा युद्धविराम,सहमतिपछि इजरायल र हमासको छुट्टाछुट्टै प्रतिक्रिया

by sambridhaonline

माघ ३,पोखरा – इजरायल र हमासबीच गाजामा युद्धविराम र इजरायली बन्धकहरूको रिहाइका लागि भएको सम्झौताप्रति दुवै पक्षले प्रतिक्रिया जनाएका छन् ।

हमासका मुख्य वार्ताकार खलील अल–हयाले युद्धका क्रममा गाजामा भएको पीडा र क्षतिका लागि आफूहरूले इजरायललाई माफ नगर्ने बताउनुभएको बीबीसीले जनाएको छ ।

गाजामा भएको जनधनको क्षति अतुलनीय र बिर्सन नसकिने भएको उहाँको भनाइ छ । उहाँले इजरायलले गाजामा आफ्नो सैन्य कारबाहीको लक्ष्य हासिल गर्न असफल भएको पनि टिप्पणी गर्नुभएको छ ।

यसैबीच इजरायलका राष्ट्रपति इसाक हर्जोगले प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उहाँको वार्ता टोलीले यस सम्झौतालाई अन्तिम रूप दिन गर्नुभएको प्रयासलाई समर्थन गर्ने बताउनुभएको छ ।

उहाँले यसलाई स्वीकार गर्न मन्त्रिपरिषद् र सरकारलाईसमेत आग्रह गर्नुभएको खबरमा उल्लेख छ । इजरायली मन्त्रिपरिषद्ले मतदानमार्फत सम्झौता अनुमोदन गर्नुपर्ने राष्ट्रपति हर्जोगको भनाइ छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline