मङ्लबार, फाल्गुन ६, २०८१
Tuesday, February 18, 2025
Home Featured News श्रीराम वालोदय आधारभुत विद्यालय लमजुङमा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

श्रीराम वालोदय आधारभुत विद्यालय लमजुङमा न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

विपन्न वालवालिकाको शैक्षिक गुणस्तरको लागि सहयोग गरेको आयोजक संस्थाको भनाई

by sambridhaonline

माघ ७, पोखरा – मध्ये नेपाल नगरपालिका, वडा नं. ३ सोतीपसल लमजुङमा अवस्थित श्रीराम वालोदय आधारभुत विद्यालयमा अध्यायनरत ३५ जना बालबालिकालाई आईतवार न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । राष्ट्रिय शैक्षिक तथा सामाजिक विकास संस्था, नेष्डो नेपालसंगको साझेदारीमा विश्व प्रसाई वि.पी. फाउण्डेशन नेपाल एवम् अमरटिका प्रतिष्ठान नेपालद्वारा विद्यालयमा आयोजित एक कार्यक्रमको विच उक्त सामाग्री वितरण गरिएको हो । कार्यक्रममा विद्यालयमा अध्यायनरत बालबालिकालाई स्वीटर, टोपी, कपी, कलम लगायतका सामाग्रीको साथै खेलकुदका सामाग्रीहरु प्रदान गरिएको हो ।

कार्यक्रममा वोल्दै प्रमुख अतिथि, आयोजक संस्थाका संस्थापक अध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश प्रसाईले सेवा र सहयोग गर्न भौगोलिक सिमा वाधक नहुने भन्दै दलित, विपन्न तथा वन्चितीमा परेका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामाग्री लिएर पर्वत देखि लमजुङ आएको वताउनु भयो । प्रसाईले वहुसंख्यक सार्वजनिक विद्यालयहरु वन्द हुने स्थितीमा रहेको भन्दै शैक्षिक गुणस्तर कायम गर्न अभिभावक शिक्षक र विद्यार्थीको त्रिकोणात्मक समन्वयात्मक पहल हुनुपर्ने वताउनु भयो । विपन्नताको कारण शैक्षिक सामाग्रीको अभाव भएका बालबालिकालाई यस किसिमका ससाना सहयोगले विद्यालय जान प्रेरित गर्ने उहाँको भनाई थियो । वढदो वसाई सराइको कारण ग्रामीण समुदायमा रहेका विद्यालयमा बालबालिकाको संख्या न्यून हुँदै गएको भन्दै एक जना बालवालिकाको भविस्य प्रति पनि सरकार सचेत रहनुपर्ने वताउनु भयो । विद्यालय गाभेर मात्र शैक्षिक क्षेत्रमा विद्यमान समस्याको समाधान नहुने भन्दै विद्यार्थी संख्या न्यून भएको आधारमा विद्यालय वन्द गर्दै गर्दा राज्यले विपन्न बालबालिकालाई आवसीय शिक्षाको सुनिश्चित गर्नुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा विशिष्ट अतिथिको आसनवाट वोल्दै मध्यनेपाल नगरपालिका, वडा नं. ३ का वडा अध्यक्ष केशव न्यौपानेले समुदायवाट विद्यालय विस्थापित नहोस भन्नको लागि सवैले सोच्न जरुरी रहेको वताउदै वडा कार्यालयको तर्फवाट गर्नुपर्ने सहयोगको लागि आँफु प्रतिवद्ध रहेको वताउनु भयो । पर्वत देखि आफ्नै वडामा न्यानो कपडा र शैक्षिक सामाग्री वोकेर आफ्नै वडामा आएकोमा विश्व प्रसाई फाउण्डेशन, अमरटिका प्रतिष्ठान नेपाल र सहयोगी संस्था नेष्डो नेपालप्रति उहाँले खुलेर आभार व्यक्त गर्नु भयो ।
कार्यक्रममा अतिथिको आसनवाट वोल्दै नेपाली कांग्र्रेस पर्वतका जिल्ला सदस्य लक्ष्मी कुमारी मेधासीले पर्वत देखि लमजुङ आएर विपन्न वालवालिकालाई सहयोग गर्नु स्रहानीय रहेको भन्दै राजनीति गरिवमुखी हुनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा वडा सदस्य नारायणदत्त साँखीले सहयोग सानो भए पनि महत्वपुर्ण भएको भन्दै विश्व प्रसाई फाउण्डेशनको सहयोगले विद्यालयमा बालबालिकाको आर्कषण वढने वताउनु भयो । महिला जनप्रतिनिधी सवला नेपालीले नेष्डो नेपालले महिलाको क्षेत्रमा उल्लेखनीय काम गर्दै आएकोमा शैक्षिक क्षेत्रमा समेत उल्लेखनीय कार्य गर्दै आएको वताउनु भयो । विद्यालयका प्रधानध्यापक वावुराम साँखीले आयोजक संस्थाका संस्थापक अध्यक्ष प्रसाई र आँफू विच २ दशक लामो सम्वन्ध रहेको भन्दै असल मित्रताको प्रतिफलको रुपमा विद्यालयले सहयोग पाएको वताउनु भयो । भौतिक पुर्वधार, शिक्षक शिक्षिकाको तलव सुविधामा सरकारको ध्यान पुगे पनि ससाना अभावको परिपुर्ति गर्नको लागि सामाजिक संस्थाको सहयोग महत्वपुर्ण हुने वताउनु भयो । विश्व प्रसाई फाउण्डेशनका संस्थापक विश्ववन्धु प्रसाई, अमरटिका प्रतिष्ठानका संस्थापक लक्ष्मी कुमारी हमालले जहाँ दुःख, त्यहाँ नेष्डो परिवारको उपस्थिती रहने स्पष्ट पानु भयो ।

न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेत्र वहादुर वस्नेतको अध्यक्षता, शिक्षिका सिता थापाको स्वागत एवम् शिक्षक अविन परियारको सञ्चालनमा सम्पन्न भएको रेडियो समृद्ध सहकर्मी सुगत पौडेल र लोक वहादुर परियारले सोतीपसल लमजुङवाट प्रेषित समाचारमा जनाईएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline