आइतवार, चैत्र २, २०८१
Sunday, March 16, 2025
Home Featured News कालीगण्डकी नदीको बिच भागमा बेवारिसे शव फेला

कालीगण्डकी नदीको बिच भागमा बेवारिसे शव फेला

by sambridhaonline

माघ ११,पोखरा – पर्वतस्थित कालीगण्डकी नदी किनारमा एक जना पुरुषको शव बेवारिसे अवस्थामा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक रविन विष्टका अनुसार बुधवार साँझ जलजला गाउँपालिका–८ नाग्लीवाङको खनियाघाटमा कालीगण्डकी नदीको बिच भागमा शव फेला परेको हो । करिब ५०÷५२ वर्ष उमेरका ती पुरुषको कुनै पनि पहिचान खुल्न नसक्दा शव जिम्मा लगाउन नसकिएको प्रहरीले बताएको छ ।
गहुँगोरो वर्ण, पाँच फिट छ इन्च उचाइ, सेतो फुलेको तथा छोटो कपाल भएका,सानो सेतो टुपी पालेका उनको कसैले पहिचान गर्न सक्ने भएमा प्रहरीमा खबर गर्न वा परिवारलाई जानकारी गराउन पर्वत प्रहरीले अनुरोध गरेको छ । शवको लास जाँच मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी प्रदेश अस्पताल (पर्वत) को शव गृहमा राखिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
पोखरा–१७, ड्यामसाईड ।

प्रवन्ध निर्देशकः

वि.पी. प्रसाई

व्यवस्थापकद्वयः

लक्ष्मी कुमारी मेधासी प्रसाई,
सावित्री खत्री क्षेत्री लामिछाने

कार्यकारी सम्पादकः

उत्तम प्रसाद अधिकारी

सम्पादकः

रविन कार्की  

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline