बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News अवैध सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाग्लुङ कि सुनिता घर्ति पक्राउ

अवैध सुन सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाग्लुङ कि सुनिता घर्ति पक्राउ

by sambridhaonline

माघ १३,पोखरा – सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाग्लुङको निसिखोला गाउँपालिका–९ घर भएकी २८ वर्षीया सुनिता घर्ती मगर छिन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २४ ग्राम ९ सय ९० मिलिग्राम सुन उनीबाट बरामद भएको प्रहरीको भनाइ छ । बाह्य मुलुकबाट काठमाडौं आएका यात्रुलाई भन्सार छली गर्न लगाई अवैध रूपमा संकलन गरी लैजान लागेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline