बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News आज सहिद दिवस : शहीदहरूको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने प्रधानमन्त्री ओलीको भनाई

आज सहिद दिवस : शहीदहरूको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने प्रधानमन्त्री ओलीको भनाई

by sambridhaonline

माघ १६,पोखरा – नागरिकको हकअधिकार र स्वतन्त्रताका लागि जीवन आहूति दिनेहरूको सम्मानमा बुधबार शहीद दिवस मनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरूको बलिदानको प्रेरणाबाट परिवर्तनका लागि काम गर्ने सौर्य प्राप्त हुने बताउनुभएको छ ।

राष्ट्रिय शहीद दिवस २०८१ का अवसरमा सरकारले सिंहदरबार परिसरमा आयोजना गरेको मूल समारोहमा प्रधानमन्त्री ओलीले शहीदहरूले देशका लागि दिएको योगदान महत्त्वपूर्ण भएको बताउनुभयो । त्यसअघि प्रधानमन्त्री ओलीले लैनचौरमा रहेको शहीद स्मारक र शहीदगेटमा पुगेर शहीदप्रति सम्मान प्रकट गर्नुभएको थियो ।

यसैबीच शहीद सप्ताहको अन्तिम दिन आज काठमाण्डौ महानगरपालिकाले लैनचौरमा रहेको शहीद पार्कमा स्मृति सभा आयोजना गरेको छ । राणा शासकले मृत्युदण्ड दिएका चार जना शहीदसहित अन्य ज्ञात अज्ञात शहीदहरूको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्मलाई शहीद सप्ताहका रूपमा मनाइँदै आएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline