बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News बङ्गलादेशमा पुनः हिंसात्मक प्रदर्शन सुरु

बङ्गलादेशमा पुनः हिंसात्मक प्रदर्शन सुरु

by sambridhaonline

माघ २४,पोखरा – बङ्गलादेशमा फेरि हिंसात्मक प्रदर्शन शुरू भएको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाका विपक्षीहरूले गएराति उहाँका पिता शेख मुजिबुर रहमानको ढाकामा रहेको घरमा आगो लगाएर ध्वस्त पारेका छन् ।

उनीहरुले हिजै बेलुकादेखि देशभरि शेख हसिनाको पार्टी अवामी लिगका नेताहरूको घरमा तोडफोड गरेका बीबीसीले जनाएको छ । उनीहरुले शेख मुजिबुर रहमानको भित्ते चित्रहरू बिगारेका थिए ।

भारतमा रहनुभएका शेख हसिनाको अनलाइन कार्यक्रम अघि हिंसा शुरू भएको थियो । शेख हसिनाको बङ्गलादेश विरोधी गतिविधिका कारण प्रदर्शन भएको बङ्गलादेशका सञ्चार माध्यमले बताएका छन् ।

शेख हसिनाका विपक्षीहरूले उनी भारतमा बसेर बङ्गलादेश विरोधी गतिविधि गरिरहेको आरोप लगाउँदै आएका छन् ।

गएको वर्ष बङ्गलादेशमा आरक्षणविरुद्ध विद्यार्थीको हिंसात्मक प्रदर्शनपछि शेख हसिनालाई देश छाडेर भारत जानुपरेको थियो ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline