शनिबार, बैशाख २६, २०८३
Saturday, May 9, 2026
Home Featured News लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु

लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु

by sambridhaonline

माघ २७,पोखरा – पोखरा वडा नं. ६ स्थित लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनामा परी पोखराका दुई युवकको मृत्यु भएको छ ।

गएराति १२ः५८ बजे भएको दुर्घटनामा परी गम्भिर घाइते भएका मोटरसाइकल चालक पोखरा २४ कास्कीकोटका २१ वर्षका सफल रानाभाट र पछाडि सवार पोखरा ८ सिमलचौरका सोहि उमेरका सुजल अधिकारीको उपचारकै क्रममा ज्यान गएको कास्की प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक अविनाश दीप जिसीले गण्डकन्यूजलाई दिएको जानकारी अनुसार बैदाम, लेकसाइड स्ट्रीट नं. ३ बाट शहीदचोकतर्फ जाने क्रममा उनीहरु सवार ग १३ प ६७१९ नम्बरको मोटरसाइकल नियन्त्रण गुम्न पुग्दा सोलारको पोलमा ठोक्किएको थियो ।

गम्भिर घाइते दुवै जनालाई तत्काल गण्डकी मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा सुजलको २ः१४ बजे र सफलको २ः१८ बजे ज्यान गएको प्रहरी निरीक्षक जिसीले जानकारी दिए । दुवै जनाको टाउकोमा गम्भिर चोट लागेको थियो ।

सम्पर्कमा आएका साथी (सुजल र सफलका) का अनुसार उनीहरु पोखरा नयाँबजार स्थित प्रदर्शनी केन्द्रमा भएको ‘ब्याक टु नाइन्टिज् कन्सर्ट’मा सहभागी भएर लेकसाइड पुगेका थिए ।

तीव्र गतिमा मोटरसाइकल गुडाउँदा अनियन्त्रित भएर सोलार पोलमा ठोक्किएको बुझिएको छ ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline