बिहिबार, बैशाख १७, २०८३
Thursday, April 30, 2026
Home Featured News करारमा कर्मचारी राख्न ल्याएको अध्यादेश गण्डकी प्रदेश सभाबाट सर्वसम्मतीले पारित

करारमा कर्मचारी राख्न ल्याएको अध्यादेश गण्डकी प्रदेश सभाबाट सर्वसम्मतीले पारित

by sambridhaonline

फाल्गुन ०२,पोखरा- करारमा कर्मचारी राख्न गण्डकी प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश सभाबाट शुक्रबार स्वीकृत भएको भएको छ । प्रदेश सभा बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गरेका थिए । सभामुख कृष्णप्रसाद धितालले उक्त अध्यादेश सर्वसम्मतीले पारित भएको घोषणा गरे ।

करारमा कर्मचारी राख्न गण्डकी प्रदेश आफैंले बनाएको निजामती सेवा ऐन बाधक भएपछि सरकारले अध्यादेश माघ २१ गते संसदमा पेश गरेको थियो । अस्थायी कर्मचारी नियुक्त गर्ने अध्यादेश संसदबाट बहुमतले स्वीकृत भएसँगै सरकारले फेरि त्यसलाई प्रतिस्थापन गर्ने विधेयक संसदमा ल्याउनु पर्ने हुन्छ । २ वर्षअघि आफैंले जारी गरेको निजामती सेवा ऐनले करारमा कर्मचारी राख्न बन्देज गरेपछि लोकसेवा आयोगको असहमतिका बाबजुद गण्डकी प्रदेश सरकारले गत पुस ९ गते अध्यादेश जारी गरेको थियो । संघीय कानुनको दफा ११ मा भएको अस्थायी नियुक्ति सम्बन्धी व्यवस्थालाई टेकेर गण्डकीले अध्यादेश ल्याएको हो । जबकि गण्डकी प्रदेशले जारी गरेको निजामती सेवा ऐनमा यो व्यवस्था नै छैन ।

You may also like

हाम्रो बारेमा

यो वेबसाइट ………………… को आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

उपयोगी लिंकहरु

सम्पर्क ठेगाना

पोखरा–१७, ड्यामसाईड
समृद्ध मिडियो हाउस
E-mail: [email protected]
मोबाईलः 

प्रकाशकः

समृद्ध मिडियो हाउस,
कुश्मा नगरपालिका-०६, पर्वत ।

व्यवस्थाकः

लक्ष्मी कुमारी मेधासी
सावित्री खत्री क्षेत्री

सम्पादकः

उत्तम प्रसाद अधिकारी

कार्यकारी सम्पादकद्वयः

रविन कार्की / खिममायाँ पाईजा

सूचना विभाग दर्ता नं.

Copyright © 2024 SambridhaOnline